
दर्पण संवाददाता
चरिकोट, भाद्र ४
दोलखाको कालिन्चोक गाँउपालिका वडा नं २ वावरेको एक घरमा आलोलागी हुँदा तिन लाख बरावरको क्षेती भएको छ ।
कालिन्चोक गाँउपालिका २ बाबरे निवासी मानकाजी थामीको घरमा आज विहान करिव ८ बजेको समयमा आगोलागी भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । मानकाजी थामीको घरमा विहान पानी तताउने क्रममा ग्यासको रेगुलेटर बाट ग्यास लिग भई लागोलागी भएको प्रहरी नायव निरिक्षक सेते तामाङले बताउनु भयो ।
आगोलागीबाट घरमा रहेको किराना पसलको सामनहरु जलेर नष्ट भएको छ । अगलागी बाट करिव ३ लाख बरावरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।