दर्पण संबाददाता
तामाकोशी, असार २८
दोलखाको तामाकोसी गाउँपालिकाले गाउँपालिकामा रहेका ११ जना भुमिहिन सुकुमवासीहरुलाइ आज जग्गा धनी पुर्जा बितरण गरेको छ ।
तामाकोसी गाउँपालिकाले गाउँपालिकामा बसोबास गर्दै आएका ११ जना भुमिहिन सुकुम्बासी लाई लालपुर्जा वितरण गरेको हो । गाउपालिकालाइ सुकुम्बासी बिहिन गाउपालिका बनाउने उदेश्यले ३ पुस्ता देखि अरुकोमा बस्दै आएका सुकुम्बासीहरुलाइ जग्गा धनी पुर्जा वितरण गरेको हो । ११ जना सुकुम्बासीहरुलाइ १ लाख ५० हजारका दरले जग्गा खरिद गरि उनिहरुलाइ आज गाउपालिका प्रमुख ईश्वर चन्द्र पोख्रेलले हस्तान्तरण गर्नु भएको छ ।
लालपुर्जा प्राप्त गर्नेमा तामकोशी गाउपालिका वडा नं १ का शान्त तामङ, सन्देश तामङ, मंगल सिंह तामङ, मिङमार लामा, वडा नं २ का भिम बहादुर भुजेल वडा नं ३ का जित बहादुर खत्री, बिन्दा सार्की, दिपेश बस्येल, राजु खत्री , मीन बहादुर सार्की र वडा नं ४ का ज्ञानु श्रेष्ठ रहेका छन ।
तामकोशि गाउपालिकाले गाउपालिकामा भएका सुकुम्बासी हरुको विवरण संकलन गर्नाका लागि वडा नं ३ का अध्यक्ष राम प्रसाद काफ्लेको नेतृत्वमा समिती बनाएको थियो। समितिले गाउपालिका भित्र सुकुम्बासीको विवरण संकलन गर्दा १९ जना सुकुम्बासी रहेको पहिचान भएको थियो । सुकुम्बासी विवरण संकलन संयोजक राम काफ्लेले गाउपालिकाले यो बर्ष सबै सुकुम्बासी लाई लालपुर्जा वितरण गर्ने योजना भएता पनि कतिपय सुकुम्बासी सम्पर्कमा नआएका ले ११ जना सुकुम्बासी लाई मात्र वितरण गरेको र अन्यलाइ पनि पुन वितरण गर्ने बताउनु भयो।
गाउँपालिकाले ११ जनै सुकुम्बासीहरुलाइ विभिन्न ठाउमा ठाउँ अनुसार १ लाख ५० हजारका दरले १/१ रोपनी भन्दा बढी जग्गा भएको जग्गा धनी पुर्जा वितरण गरेको प्रमुख पोख्रेलले बताउनु भयो । भुकम्प पछि आफ्नो जग्गा न भएको कारण पुन निर्माण गर्न न सकेका ती सुकुम्बासी हरुलाइ अब पुनःनिर्माण प्राधिकरण सग सहकार्य गरेर स्थाइ अवास निर्माणका लागि पहल गर्ने बताउनु भयो ।