दर्पन संवाददाता
मैनापोखरी ३२ जेठ
“सीप सिकौं आत्मनिर्भर बनौ” भन्ने नारा का साथ शुरु भएको बैतेश्वर गाउँपालिका स्तरीय ६० दिने हाते होजियारी तालीम सप्पन्न भएको छ।
गाउँ पालिकाको आर्थिक सहयोग तथा हनुमन्तेश्वर हाते होजियारी समुहको आयोजना मा भएको समापन कार्यक्रमका सहभागीहरुलाई गाउँपालिका अध्यक्ष छवि लामाले एक कार्यक्रमका बिच तालिम प्रमाणपत्र हस्तान्तरण गर्दै सम्पन्न भएको छ।आयोजक सस्थाका अध्यक्ष एबम प्रशिक्षक सम्झना अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम मा गाउँपालिका अध्यक्ष छवि लामा, उपाध्यक्ष रबिचन्द्र आचार्य, प्रमुख प्रशासकीय अधिकृत अर्जुन खड्का, नेकपा दोलखा का सचिबालय सदस्य ऋषिकेश उप्रेती, जिल्ला समन्वय समिति दोलखाकि सदस्य कमल कुमारी कार्की , बैतेश्वर ४ का वडा अध्यक्ष कुमार चौलागाईं, ग्रामीण बिकाश टुकि संघ दोलखाका अध्यक्ष प्रेम कुमारी चौलागाईं लगाएत ले शुभकामना व्यक्त गर्दै तालिम महिला को समृद्धि को लागि आयोजना भएको र तालिमपछि सिकेका कुरा व्यबहारमा लागू गर्दै व्यावसायिक बन्न आग्रह गर्नु भएको छ।
६० दिने तालीम मा सहभागीले उनको टोपी, स्विटर, गलबन्दी लगाएतको सामाग्रीहरु निर्माण गर्न सीप सिकेका छन । तालिममा गाउँ पालिका भित्रका २४ जना महिलाहरुको सहभागिता रहेको थियो। समापन कार्यक्रममा सहभागी महिला ले आफुले सिकेर उत्पादन गरेका बस्तुहरुको बजारीकरणमा गाउँपालिकाले सहयोग गर्नु पर्ने धारणा राख्नु भएको छ।
