दर्पन संबाददाता
चरिकोट, ३१ जेठ
दोलखाको भिमेश्वर नगरपालिका आज खुल्ला दिशामुक्त एवंम् पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भएको छ ।
जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीका प्रमुख तथा जिल्ल समन्वय समिती दोलखाका प्रमुख डवल पाण्डेले चरिकोटमा आज एक कार्यक्रमका विच भिमेश्वर नगरपालिकालाई खुल्ला दिशा मुक्त एवमं पुर्ण खोप सुनिश्चितता नगरपालिकाको प्रमाण पत्र हस्ताणतरण गर्नु भएको हो । भिमेश्वर नगरपालिका भित्रका ९ वटा वाडका घरधुरीहरुमा अनुगमण गर्दा सवै घरमा व्यवस्थीत शौचालयको व्यवस्था भएको र खुल्ला दिशा मुक्त नगरपालिका घोषणको लागी योग्य देखिएकाले नगरपालिकालाई प्रमाणपत्र हस्ताणतरण गरेको प्रमुख पाण्डेले बताउनु भयो ।
एक घर एक चर्पी नजिकमा धारा, खुल्ला दिशामुक्त भिमेश्वर वनार्औँ लागी परौँ सारा भन्ने मुल नाराका साथ भिमेश्वर नगरपालिकाले सुरु गरेको अभियानमा भिमेश्वर नगरपालिका भित्रका सवै घर धुरीमा चर्पीको निर्माण भई
सकेको भिमेश्वर नगरपालिका प्रमुख भरत बहादुर केसीले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य माननिय पशुपती चौलागाईले पर्यटन को धेरै सम्भावना बोकेको जिल्लामा येस्ता कार्यले ठुलो सहयोग पुग्ने बताउनु भयो । खुल्ला दिशा मुत्त जिल्ला घोषना को अन्तिम चरणमा रहेको दोलखा भुकम्पका कारन पुर्ण रुपमा क्षेती पुगेको थियो । पुन निर्माण को काम सङ सङै शौचालयको काम समेत भइ रहेकाले अन्य नगरपालिका तथा गाउपालिका समेत घोषणाको तयारीमा रहेको छ ।