दोलखा प्रहरी प्रमुख बासुदेव पाठकको सरुवा, मान बहादुर राई दोलखा आउदै

दर्पन संबाददाता
जेठ १७
दोलखाका प्रहरी प्रमुख बासुदेव पाठकको सरुवा भएको छ ।

गृहमन्त्रालय प्रहरी प्रधान कार्यालयले दोलखाका प्रहरी प्रमुक पाठकलाइ सम्पती शुद्धिकरण अनुसन्धान बिभाग प्रहरी महासाखा काठमाडौ मा सरुवा गरेको हो । मन्त्रालयले पाठक सहित १०० जना प्रहरी नायब उपरीक्षक हरुलाई सरुवा गरेको छ । प्रहरी महानिरीक्षक को जेठ १७ गतेको निर्णय अनुसार सरुवा गरेको जनाएको छ ।

दोलखा प्रहरी प्रमुखमा सरुवा भएर नंया प्रहरी प्रमुख मान बहादुर राई आउने भएका छ्न । राई जिल्ला प्रहरी कार्यालय पर्सा बाट सरुवा भइ दोलखा आउन लागेका हुन ।