दर्पण संवाददाता
चरिकोट, ११ चैत्र
नेपाल पत्रकार महासंघ दोलखाको आयोजनामा दोलखाको सदरमुकाम चरिकोटमा भुकम्प सम्बन्धी भाग्यले बाँचेकाहरु नामक डकुमेन्ट्री प्रर्दशन सुरु भएको छ ।
पत्रकार गणेश पाण्डेले निर्माण गरेको डकुमेन्ट्री भाग्यले बाँचेकाहरु चरिकोटको कालिन्चोक चलचित्र मन्दिरमा वैशाख ११ र १२ गते प्रर्दशन हुने नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जिनव लामाले बताउनु भयो । डकुमेन्ट्रीमा २०७२ वैशाखमा गएको विनाशकारी भुकम्पले पु¥याएको क्षेतीको वारेमा चित्रण गरिएको छ ।
आफनो ज्यानै जोखिममा राखि भुकम्पको वेलामा कैद गरिएको दृष्यहरुले पुन भुकम्पको स्मरण गराउने डकुमेन्ट्री भाग्यले बाँचेकाहरु भएको प्रदेश सांसद विशाल खड्काले बताउनु भयो । आज विहान ८ वजेबाट सुरु भएको प्रर्दशनीमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक वासुदेव पाठक, रणभिम गणका गणपती विदुर अधिकारीले डकुमेन्ट्री राम्रो रहेको र सवैले हेर्नुपर्ने बताउनु भयो ।
डकुमेन्ट्री सो बाट संकलन भएको रकम नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माणका खर्च गरिने डकुमेन्ट्री निर्माता पाण्डेले बताउनु भयो । डकुमेन्ट्री हेर्नको लागि विधार्थीहरुको लागि एक सय र अन्य सर्व साधारणको लागि दुई सय शूल्क तोकिएको छ ।