दर्पण संवाददाता
चरिकोट, ११ माघ
प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणी पौडेलले सम्बृद्ध नेपाल निर्माणको लागि उत्पादन तथा परिनाम मुखि क्षेत्रमा लागनी गर्नु पर्ने बताउनु भएको छ ।
दोलखाको भिमेश्वर नगरपालिको २३ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममलाई सम्वोधन गर्नु हुँदै मुख्यमन्त्री पोखरेलले हरेक तहबाट गैर उत्पादन मुलक क्षेत्रमा मात्र लगानी गरि रहेको र त्यस्ता लगानीले सम्बृद्ध मुलुक निर्माण हुन नसक्ने बताउनु हुँदै उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भयो ।
दोलखा प्रदेश नं ३ को तेस्रो र नेपालकै र्चाैथो पर्यटकीय गन्तव्यको रुपमा विकास भई रहेको बताउनुहँदै उहाँले जिल्लाको पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा लाग्नु पर्ने बताउनु भयो । प्रदेश सरकार गठन भएको १० महिना वितिसक्दा पनी काम गर्न नसकेको आरोपहरु लगाए पनि ४० प्रतिशत कर्मचारीको भरमा प्रदेश सरकारले अधिक्तम काम गरेको दावी गर्नु भयो ।
हरेको कुराको सम्भावना बोकेको दोलखा जिल्ला प्रति आफृ सरकात्मक रहेको बताउनु हुँदै मुख्य मन्त्रि पौडेलले प्रदेशले साना साना योजना भन्दा पनी ठुलो योजनालाई प्राथमिकता दिएकोहुँदा जिल्लाको समग्र विकास हुनेगरी योजना पहिचान गरी प्रदेश सरकरालाई प्रस्ताव गर्नको लागि आग्रह गर्नु भयो । पर्याटनको योजना, कृषिको योजना, हिमाली क्षेत्रमा व्यवसायीक चौरी पालनको योजना जस्ता योजना अगाडी सार्न आग्रह गर्नु भयो ।

भिमेश्वर नगरपालिका वडा न ९ डाँङडुगे डाँडामा निर्माणहुन लागेको नेपालकै पहिलो चलचित्र नगरी पछिल्लो समय केहि कारण काम रोकिएता पनि सोहि ठाँउमा निर्माण हुने बताउनु भयो ।
कार्यक्रममा दोलखा जिल्लाका प्रतिनिधी सांसद पार्वत गुरुङले आफ्ुहरु पर्याटकीय विकास संगै दोलखा आर्गनिक जिल्ला बताउन लागि परेको बताउनु भयो । भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व संस्कृती पर्याटन तथा नागरीक उडयान मन्त्रि आनन्द पोखरेल, सांसद शान्ति पाख्रिन, जिरी नगर प्रमुख टंक जिरेल, तामाकोशी गाँउपालिका प्रमुख इश्वर चन्द्र पोखरेल नेपाली काङग्रेसका केशव चौलागाई लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
नगरपालिको २३ औ स्थापना दिवसको आवरमा आयोजित कार्यक्रमको अवसरमा भिमेश्वर नगरपालिकालई प्रचार प्रसारमा सहयोग गरेको भन्दै पत्रकार चिरञ्जीवि मास्के, रविन्द्र गौतम, जिबन लामा, बाबुराम शर्मा, लक्ष्मण खड्कालाई नगद पाँच हजार सहित सम्मान गरेको छ । सोहि अवसरमा नगरपालिको उत्कृष्ट कर्मचारी, नगरपालिका भित्रका उत्कृष्ट स्वास्थ्य कर्मीहरुलाई समेत सम्मान गरेको छ ।