हुराडेक नेपाल दोलखाको ३१ औं बार्षिक उत्वस सम्पन्न, मानव अधिकार पुरस्कारबाट बस्नेत सम्मानित

मानवअधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाले आज ३१ औं बार्षिक उत्सव मनाएको छ । हुराडेक नेपालले आज दोलखाको सदरमुकाम चरिकोटमा एक कार्यक्रमको आयोजना गर्दै आफनो ३१ औं वार्षिक उत्सव मनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुर्दै संस्थाका अध्यक्ष उद्धव प्रसाद पोखरेलले मानवअधिकारको क्षेत्रमा संस्थाले पुर्याएको योगदानको चर्चा गर्दै बदलिएको परीस्थिति अनुसार आफ्नो भूमिकालाई बढाउनुपर्नेमा जोड दिनुभयको छ । त्यस्तै कार्यक्रममा संस्थाका पुर्ब अध्यक्ष होम पाठकले सशस्त्र युद्ध लगायतका कठिन परिस्थितिमा पनि संस्थाले मानवअधिकारको क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको बताउनुभयो । उक्त मानवअधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाले विगत लामो समय देखि जिल्ला र आसपासका क्षेत्रहरुमा मानव अधिकार, शिक्षा र स्वास्थ्य लगाएतका क्षेत्रहरुमा रही काम गर्दै आईरहेको छ ।

कार्यक्रमका जिल्ला समन्वय समिति प्रमुख बर्जुराम घतानी, तामाकोशी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल बार एसोसियसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाई, ग्रामिण विकास टुकी संघका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयको थियो ।
यसैबीच हुराडेक नेपालले स्थापना गरेको स्वर्गीय पशुपति चौलागाई स्मृति मानव अधिकार, समाजसेवा पुरस्कार बार एसोसियसन दोलखाका अध्यक्ष कृष्ण बस्नेतलाई प्रदान गरेको छ । वार्षिक उत्सबको अवसरमा दश हजार राशी र सम्मान पत्र बस्नेतलाई जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानिले प्रदान गर्नुभएको हो । बस्नेतले मानवअधिकारको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको संस्थाले जनाएको छ ।