दर्पण संवाददाता
चरिकोट, १७ र्वैशाख
दोलखाको सदरमुकाम चरिकोट बाट सेवा प्रदान गर्दै आएको हाम्रो जनकल्यान बचत तथा ऋण सहकारी संस्था लि ले आज २२ औ स्थापना दिवस भव्य रुपमा मनाएको छ ।
सहकारी संस्था स्थापना भएको २२ औ वर्ष पुगेको आवसरमा विभिन्न कार्यक्रम सहित चरिकोटमा कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । स्थापना दिवस लाई लक्षित गरी वैशाख १५ गते संस्थाका श्येर सदस्यहरु मध्ये ७० बर्ष उमेर नाघेका घर दैलो भेटघाट कार्यक्रम अनुसार भिमेश्वर नगरपालिकाको ३, ५ र ७ वडाका ३५ जना जेष्ठ सदस्यहरुसंग भेटघाट गरी एक एक थान हर्लिक सहित रिर्चाजेवल टर्च लाइट वितरण गरेको छ । संस्थाले वैशाख १६ गते चरिकोटमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गर्नु भएको संस्थाका व्यवस्थापक दिपक वस्नेतले बताउनु भयो ।
संस्थाले हाल भिमेश्वर नगरपालिकाकौ सवै वडाहरुमा कार्यक्षत्र बनाई चरिकोटको मुख्य कार्यलय र वोचमा सेवा केन्द्र स्थापना गरि सेवा दिदैँ आएको छ । संस्थामा ४१०१ महिला श्येर सदस्य ३५१७ पुरुष सदस्य २३ संस्थागत सदस्य र ३१२५ बाल बचत कर्ता रहेका छन् । विभिन्न क्षेत्रमा लगानी गर्दै आएको हाम्रो जनकल्यान वचत तथा ऋण सहकारीको ५३ करोड ५८ लाख बरावरको सम्पती तथा दायित्व रहेको छ । संस्थाको रणनितिक व्यवसायीक योजना अनुसार संस्थाले चार वर्ष भित्र सम्पती तथा दायित्व एक अर्व पु¥याउने र मुख्य कार्यालय सहित तिन सेवा केन्द्र मार्फत १५ हजार श्येर सदस्यलाई वितिय सेवा उपलब्ध गराउने योजना रहेको संस्थाका अध्यक्ष रामचन्द्र वस्नेतले बताउनु भयो ।
स्थापना दिवसको अबसरमा पत्रकार महासंघ लाई सहयोग
सहकारीको २२ औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माणका लागि नगद १० हजार रुपैया सहयोग गरेको छ । संस्थाका अध्यक्ष रामचन्द्र वस्नेतले महासंघका अध्यक्ष जिवन लामालाई आज भवन निर्माणको लागि नगद १० हजारको चेक हस्ताणतरण गर्नु भएको हो । पत्रकार महासंघको विभिन्न गतिविधिमा संस्थाले सहयोग गर्दे आएको र आगमी दिनमा समेत सहकार्य जारी रहने उहाँले बताउनु भयो । नेपाल पत्रकार महासंघ दोलखाले विभिन्न व्यक्ति संस्था सहकारी, पुर्वधार विकास कार्यक्रम तथा गाँउपालिका र नगरपालिकाको सहयोगमा चरिकोटको लामाचौरमा सुविधा सम्पन्न भवनको निर्माण गरि रहेको छ ।