पुष ११ गौरिशंकर ः दोलखाको गौरिशंकर गाउँपालिकामा निर्माणधिन हाइड्रोपावर कम्पनीहरुले स्थानियहरुको माग सम्वोधन नगरेको भन्दै हाइड्रो सरोकार समितीले गरेको आन्दोलनमा नेकपा एमाले गौरिशंकर गाउँपालिका कमिटीले ऐक्यवद्धता जनाएको छ ।
हाइड्रोपावर कम्पनीहरुले स्थानिय तथा प्रभावित क्षत्रका नागरिकहरुको जयज मागहरुको सम्वोधन नगरी मनपरी तरिकाले काम गरेको र सरोकार समिती संग गरेका लिखित तथा मौखिक सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै हाइड्रो संघर्ष समितिले आन्दोलन गर्दौ आएको छ । नेकपा एमाले गौरिशंकर गाउँपालिका कमिटिका अध्यक्ष जंग बहादुर गुरुङले आज एक विज्ञप्ती जारी गर्दौ सरोकार समितीको माग सम्वोधन हुनुपर्ने भन्दै आन्दोलनमा ऐक्यवद्धता जनाएको हो । सरोकार समितीले आन्दोलन गरे पछि गौरिशंकर गाउँपालिकामा निर्माण सासा हाइड्रोपावर कम्पनी र ग्रिनलाइफ हाइड्रोपावर कम्पनी निर्माणको काम ठप्प भएको छ ।
हाइडोपावर कम्पनीले प्रभावित क्षत्रका नागरिकहरुलाई मुआव्जा प्रदान गरेको, सामाजिक क्षत्रमा गरिनुपर्ने खर्चहरु नगरेको, स्थानिय निर्माण कर्ताहरुलाई रकम भुक्तानी नगरेको, र सरोकार समिती संग भएका सम्झोताहरु कार्यन्वय नभएको भन्दै आन्दोलन गर्नु परेको हाइड्रो सरोकार समितीका संयोजक मिङगुर शेर्पाले बताउनु भयो । आन्दोलनमा ऐक्यवद्धता जनाउनुहुँदै नेकपा एमाले गौरिशंकर गाउँ पाटि कमिटीका अध्यक्ष जंग गुरुङले हाइडोपावर कम्पनीले स्थानियहरुको माग सम्वोधन गरी अघि वढनुपर्ने वताउनु भयो । हाइडो कम्पनीले माग वेवास्था गरी मनपरी तरिकाले अघि वढेमा त्यसबाट उत्पन्न हुने घटनाहरुको जिम्मा समेत हाइड्रोले लिनुपर्ने बताउनुभयो ।
