हरितालिका तिजमा ऋितिकाको कोसेली, जिम खानाको केटा (भिडियो सहित)

दर्पण संवाददाता
भाद्र १, यसपालिको हरितालिका तिजमा गायिका तथा मोर्डल ऋतिका जिरेल जिम खानाको केटा लिएर बजारमा आएकी छिन् ।

नेपाली महिलाहरुको पर्व तीजलाई लक्षित गर्दै ऋतिकाले ‘जिमखानाको केटा’ बोलको गीत तथा भिडियो ल्याएकी हुन् ।

सार्वजनिक गीतमा अस्मिता नापितको शब्द तथा ऋतिकाकै संगीत रहेको छ । समय सापेक्ष युवाहरुलाई लक्षित गरि यसपालिको तिजमा यस्तो गित लिएर आएको गायिका ऋतिकाले बताइन् । यस गितमा युवापुस्ताका कुरा समेटिएको हु्रँदा धेरैले यो गित मन पराउने उनको विश्वास छ ।सविन पोखरेलले निर्देशन गरेको उक्त तीज गीतको भिडियोमा सोम लामख, प्रिया जोशी, रोशन लामा, सुजन ढकाल, दिनेश डाँगी र रविना भट्टराई लगायतको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस