हनुमन्तेश्वर माविको २३ औ अबिभावक दिवस तथा भवन हस्ताणतरण कार्यक्रम सम्पन्न

नवीनकुमार खतिवडा
मैनापोखरी , फाल्गुन ७

दोलखाको बैतेश्वर गाउँपालिका ४ काब्रे स्थित हनुमन्तेश्वर माबिमा भुकम्प पश्चात् पुननिर्माण गरिएको भवन हस्तान्तरण तथा बिद्यालय को २३ औ अबिभावक दिवस एवम ५९ औ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ ।

आज एक कार्यक्रमका बिच राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइयो सुशील ज्ञवालीले हस्तान्तरण गर्नु भएको हो। एसियायी बिकास बैंक को प्रशासनिक सहयोग तथा जापान सरकारको आर्थिक अनुदान सहयोगमा र नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्रधिकरण केन्द्रिय आयोजना इकाईको प्राबिधिक सहयोगमा निर्मित २४ कोठे नमुना बिद्यालय हो । निर्मित बिद्यालय मा छात्रबास चमेना गृह बालमैत्री शौचालय लगाएत रहेको छन । भुकम्प बाट क्षतिग्रस्त बिद्यालय निर्माण गर्न राज्यले बनाएको योजना अनुसार १४ जिल्लाको १९ वटा नमुना बिद्यालयहरु मध्य हनुमन्ते माबी पनि छनौट भएको हो ।

२०७४ श्रावण बाट निर्माण शुरु भएको यस बिद्यालय १८ महिना पश्चात् शिव खिम्ती कन्सट्रक्सन ले जिम्मेवारी पाए अनुसार सम्पन्न भएको हो । हस्तान्तरण कार्यक्रममा रास्ट्रीय पुननिर्माण प्राधिकरण का सिईयो सुशील ज्ञवालीले हिमाली जिल्लामा अबस्थित यस बिद्यालय नमूना बिद्यालय को रुपमा स्थापित भएकोले यसको अबधारणालाई सार्थकता प्रदान गर्न बिशेष गरि गुणात्मक शिक्षण सिकाई गरि निर्माण भएको भवनको दिगो प्रयोग गर्न आग्रह गर्नु भयो ।

साथै नमुना बिद्यालयको अबधारणाको लक्ष्य प्राप्त गरि नमुना योग्य कार्य गर्न आग्रह गर्नुभयो । अभिभावक दिवस कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपालध्वज श्रेष्ठले विद्यालयको आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तूत गर्नुहुँदै २ करोड ३६ लाख ७४ हजार १ सय ९६ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तूत गर्नुभएको थियो । विद्यालयमा हाल ९ सय ९९ जना विद्यार्थी अध्ययनरत रहेको पनि प्रअ श्रेष्ठले सो अवसरमा जानकारी गराउनुभयो । कार्यक्रम मा प्रतिबेदन प्रस्तुत गर्दै प्रअ श्रेष्ठले प्रशासकीय ब्यबस्थापन,शैक्षिक ब्यबस्थापन ,सिकाई उपलब्धि ,सम्पादित कार्यक्रम र आगामी दिनमा गर्नु पर्ने लगाएतका बारेमा जानकारी दिनुभएको थियो । हालसम्म यस बिद्यालय बाट जम्मा २०४५ जनाले एसएलसी तथा ११४४ जनाले उच्च माबी तह पूरा गरेका छन । सो अवसरमा विद्यालयका विभिन्न उत्कृष्ट विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुन्यप्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्याक्रममा दोलखा क्षेत्र नम्बर २ का प्रदेश सांसद एवम् नेकपा केन्द्रिय सदस्य पशुपती चौलागाईं ,बैतेश्वर गाउँपलिकाका उपाध्यक्ष रबिचन्द्र आचार्य ,जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख शंकरबाबू श्रेष्ठ ,नेकपा दोलखाका प्रस्तावित अध्यक्ष भिमप्रसाद दाहाल, हनुमन्तेश्वर क्याम्पसका क्याम्पस प्रमुख तारा प्रसाद पन्त, शिक्षक सिताराम दाहाल तथा कमल दहाल लगाएतले मन्तब्य राख्नुभएको थियो ।