स्वास्थ्य विमा वापतको रकम भुक्तानी नहुँदा अस्पतात संचालनमा समस्या

दोलखाको चरिकोटमा रहेको पशुपती चौलागाई स्मृती अस्पताल आर्थिक अभावको कारण संकटमा परेको छ ।

स्वास्थ्य विमा वोर्डले विमा मार्फत सेवा दिए वापतको रकम अस्पताललाई भुक्तानी नगर्दा अस्पताल आर्थिक संकटमा परेको अस्पतालका अध्यक्ष सुवास रिमालले बताउनुभयो । अस्पतलमा आर्थिक समस्या भए पछि अस्पतालबाट प्रवाह हुने सेवामा समेत समस्यामा परेको छ । जिल्लाको एक मात्र प्रादेशीक अस्पताल पशुपती चौलागाई स्मृती अस्पताल हाल आर्थिक अभावका कारणले अस्पतालले संचालन गर्ने समान्य सेवा दिन समेत कठिन भएको अस्पतलका मेसु लक्ष्मण खड्काले बताउनुभयो ।

विमा वोर्डले रकम भुक्तानी नगर्दा अस्पतललाई आवश्यक पर्ने औषधी खरिद गर्न समस्या भएको र विरामीलाई अन्यन्त्र पठाउनु पर्ने वाध्यता रहेको छ । पशुपती चौलागाई स्मृती अस्पतालले स्वास्थ्य बीमा मार्फत करिब ८६ लाख ९६ हजार रुपैयाँ भुक्तानी पाउने बाँकी रहेको अध्यक्ष रिमालले बताउनुभयो । ८६ लाख रकम पाउनुपर्ने रहेकोमा वोर्डले केहि महिना अघि १० हजार मात्र भुक्तानी गरेको अस्पताले जनाएको छ ।
वागमती प्रदेश अन्र्तगत प्रदेशीक अस्पताल भए पनि प्रदेशले आवश्यक अनुसारको बजेट विनियोजन नगरेको र आन्तरीक स्रोत समेत जिल्लामा राम्रो नभएका कारण समस्या भएको अध्यक्ष रिमालले बताउनु भयो । विमाको रकम प्राप्त नभएको र अन्य स्रोत राम्रो नभएका कारण औषधी खरिदको लागि समस्या भएको हो ।

अस्पतालको आम्दानी आन्तरिक स्रोतबाट हुने भए पनि त्यसले कर्मचारीको तलबमै खर्च हुने भएकाले अन्य सेवा विस्तार गर्न नसकिएको अस्पतालका मेसु लक्ष्मण खड्काले बताउनुभयो ।

प्रदेश सरकारले गत आर्थिक वर्ष ०८१÷८२ मा अस्पतालका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा यस वर्ष घटाएर २८ लाख रुपैयाँ मात्र उपलब्ध गराएको र त्यसको समेत स्रोत सुनिस्चीत नभएका कारणले काम गर्न समस्या भएको उहाँले बताउनुभयो । अस्पतालमा हाल दैनिक करिब दुई सय बिरामीले सेवा लिइदै आई रहेको छ ।

जेन्जी आन्दोलन पश्चात अर्थ मन्त्रालयले बजेट रोक्का गरेको कारण रकम अस्पतालाई समयमै रकम भुक्तानी गर्न नसिकएको दोलखाका विमा बोर्डका सुन्दर श्रेष्ठले बताउनुभयो । अस्पतालाई चाँडो रकम भुक्तानीको लागि वोर्ड संग पहल भई रहेको उहाँले बताउनु भयो । दोलखामा करिव ५० हजार व्यक्तीहरु स्वास्थ्य विमा कार्यक्रममा जोडिएका छन् । दोलखाको पशुपती चौलागाई स्मृती अस्पताल, जिरी अस्पताल, शैलुङ अस्पताल, वैतेश्वर अस्पताल, संगटी अस्पताल र सृुरी अस्पतालमा यो स्वास्थ्य विमा कार्यक्रम लागु भएको छ ।