स्वर्ण सहकारीको साधारण सभा सम्पन्न, पत्रकार महासंघको भवन निर्माणमा १५ हजार सहयोग

दर्पण संवाददाता
चरिकोट, ४ भाद्र
दोलखाको चरिकोटमा रहेको स्वर्ण बचत तथा ऋण सहकारी संस्था लि को १९ औ साधारण सभा सम्पन्न भएको छ । शनिवार चरिकोटमा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जिवस खड्काको प्रमुख अतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । १५ सय १५ जना शयेर सदस्य रहेको यस सहकारीको १३ करोड वरावरको पुजी रहेको छ । संस्थाले हाल भिमेश्वर नगरपालिका, कालिन्चोक गाउँपालिकाका केही वडाहरु र वैत्येश्वर गाउँपालिकाका केही वडाहरुमा कार्य क्षेत्र वनाई कारोवार गर्दै आएको छ ।

पत्रकार महासंघ दोलखालाई सहयोग
स्वर्ण वचत तथा ऋण सहकारी संस्थाले आफनो साधारण सभाको अवसरमा नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवन निर्माण गर्नका लागि १५ हजार सहयोग गरेको छ । दोलखा जिल्लाकै सुचना केन्द्र सहितको भवन निर्माण गर्ने अभियानका साथ पत्रकार महासंघ दोलखाले निर्माण गर्न लागेको भवनमा सहकारीको तर्फवाट पनी केहि सहयोग होस भन्ने उदेश्यले सहकारीले सहयोग गरेको सचिव अनिल श्रेष्ठले बताउनु भयो ।