स्थानीय निर्वाचनामा निर्वाचित जनप्रतिनिधीलाई एकीकृत फ्रेन्डसीप सहकारिद्वारा सम्मान

जेष्ठ १४
एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि. जिरीले स्थानीय तहकाे निर्वाचन –२०७९ बाट निर्वाचित संस्थाका सल्लाहकार, संचालक, सेवा केन्द्र समिति तथा शेयर सदस्यहरूलाई अाज एक कार्यक्रमका बिच बधाई तथा शुभकामना प्रदान गरेको छ ।
संस्थाले नव निर्वाचित जिरी नगरपालिकाका नगर प्रमुख मित्र जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी लगायत वडा अध्यक्षहरु तथा वडा सदस्यहरु, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का(दिनेश), उपाध्यक्ष उषा बस्नेत कार्की लगायत वडा अध्यक्षहरु तथा वडा सदस्यहरुलाई बधाई सहित शुभकामना दिएकाे हाे । कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधि, संस्थाका संचालक समिति तथा ब्यवस्थापन समुहका पदाधिकारीहरूकाे उपस्थिती रहेको थियो ।
संस्थाका अध्यक्ष भुमिराज खड्काकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सहजीकरण संस्थाका सचिब केदार बहादुर जिरेलले गर्नुभएको थियो । कार्यक्रममा संस्थागत जानकारी संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले गर्नु भएको हाे ।
निर्वाचित जन प्रतिनिधीहरुलाई संस्थाका अध्यक्ष खड्काले टिका तथा खादा लगाई सम्मान गर्नुभएको संस्थाका व्यवसाय तथा प्रशासन विभाग प्रमुख निर्मल कुमार कार्कीले जानकारी दिनुभयाे ।
कार्यक्रममा जिरी नगरपालिकाका अध्यक्ष मित्र जिरेल गाेकुलगँगा गाउपालिकाका अध्यक्ष काजी बहादुर खड्का, लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष गोपाल जिरेलले स्वागत मन्तव्यद्वारा जनप्रतिनिधीहरुलाई स्वागत गर्नुभएको थियाे ।