स्थानिय तहमा बढदो अनियमितता : वैतेश्वर गाउँपालिकामा १२ करोड ४८ लाख वेरुजु


दर्पण संवाददाता
मैनापोखरी, ९ भाद्र ः दुई नगरपालिका र सात गाउँपालिका गरी नै ओटा स्थानिय तह रहेको दोलखा जिल्लामा स्थानिय तहहरुले गर्ने खर्चमा वार्षिक रुपमा वेरुजुको सिमा नाग्दै गएको छ ।

महालेखा परिक्षकको ५८ औँ प्रतिवेदन अनुसार दोलखा जिल्लामा मात्रै ३७ करोड भन्दा बढि रकम वेरुजु रहेको पाइएको छ । बेरुजुलाई कम गर्न पालिकाले ध्यान नदिँदा र कार्यविधी भन्दा वाहिर गएर सिमा मिची मनपारि खर्च गर्दा दोलखामा एउटै पालिकामा १२ करोड सम्म वेरुजु निस्किएको छ । स्थानिय तहहरुले खर्च प्रणाली पारर्दशी नगर्ने विधी प्रकृया भन्दा वाहिर गएर ठेक्का लगाने कार्यकर्ताको लक्षित योजनाहरुमा मनोमानी तरिकाले वजेट खर्च गर्ने जस्ता कार्यले गर्दा दोलखाको स्थानिय तहहरुमा वर्षेनी वेरुजु रकम वढदै गएको छ । जिल्लाको नौ स्थानिय तहमा यो वर्ष महालेखाले कुल ८ अर्ब ५७ करोड ७४ लाख ५३ हजारको देखापरिक्षणमा ३७ करोड ६६ लाख ९५ हजार रुपैया वेरुजु देखाएको छ ।

वेरुजु सवैभन्दा बढि रहने स्थानीय तहमध्ये बैतेश्वर गाउँपालिका रहेको छ भने सवै भन्दा कम वेरुजु रहने गाउँपालिका कालिन्चोक रहेको छ । वैतेश्वर गाउँपालिकामा ८८ करोड ५८ लाख ६० हजारको लेखापरीक्षण गरिएकोमा १२ करोड ४८ लाख ४२ हजार अर्थात कुल खर्चको १४.०९ प्रतिशत खर्च बेरुजु देखिएको छ । त्यस्तै कालिञ्चोक गाउँपालिकामा ९८ करोड ४२ लाख ९४ हजारको लेखा परिक्षण गर्दा १ करोड ३० लाख १७ हजार कुल खर्चको १.३२ प्रतिशत रकम महालेखाले बेरुजु देखाएको छ ।

जिल्लाको दुई नगरपालिका र भिमेश्वर नगरपालिकामा पनि वेरुजुको प्रकृति उस्तै रहेको पाइएको छ । जिरी नगरपालिकाको ८७ करोड ७२ लाख २० हजारको लेखा परिक्षण गर्दा २ करोड ९२ लाख ३१ हजार वेरुजु रहेको छ भने भीमेश्वर नगरपालिकाको १ अर्व ६७ करोड ७४ लाख २० हजारको लेखा परीक्षण गरेकोमा ३ करोड ४६ लाख ७८ हजार बेरुजु पाइएको छ । मेलुङ गाउँपालिकाको ६५ करोड ३८ लाख ७१ हजारको लेखा परीक्षण गर्दा ४ करोड ३७ लाख ९८ , गौरीशंकर गाउँपालिकाको ७१ करोड २२ लाख ३४ हजार लेखा परीक्षण गर्दा ४ करोड १० लाख ४१ हजार तथा शैलुङ गाउँपालिकाको ९५ करोड ८४ लाख ७० हजारको लेखा परीक्षण गर्दा ४ करोड ४६ लाख ३५ हजार , विगु गाउँपालिकाको ७४ करोड ८५ लाख २४ हजारको लेखा परिक्षण गर्दा २ करोड ६७ लाख ५८ हजर, तामाकोशी गाउँपालिकाको १ अर्व ७ करोड ९५ लाख ६० हजारको लेखा परीक्षण गरीएकोमा १ करोड ८६ लाख ९५ हजार बेरुजु देखिएको हो ।

पार्टीका जिम्मेवार नेता भएकै ठाउँमा धेरै वेरुजु
दोलखाको सवै स्थनिय तहमा राजनितिक रुपमा मुख्य जिम्मेवारीमा रहेका नेताहरुलेनै नृतृत्व गरेको गाउँपालिकामा सवै भन्दा बढि बेरुजु देखिएको छ । नेताहरुले कार्यविधीको वेवास्ता गर्दै कार्याकताको हितमा दवावमा काम गर्न लगाउने गरेको कारण धेरै जासो रकम वेरुजु हुने गरेको जानकारहरुले बताएका छन् । सवै भन्दा धेर बेरुजु दखिएको वेतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा नेपाली काङग्रस दोलखाका निवाचन क्षत्र नम्वरर क का क्षेत्रिय सभापति हुन । उनको गाउँपालिकामा यो वर्ष १२ करोड रकम वेरुजु आएको छ । त्यस्तै नेकपा एमालेका जिम्मेवार नेताहरुले नेतृत्व गरेको स्थानिय तहमा समेत वेरुजुको अवस्था उस्तै रहेको छ ।