दर्पन संवाददाता
चरिकोट , पुष १०
स्थानीय तहमा न्याय सम्पादन बिधी र प्रकृयाको बिषयमा आज चरिकोटमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
न्याय, कानुन तथा मानब अधिकार बिभाग नेपाल कम्युनिस्ट पाटी जिल्ला संगठन समिति दोलखाको आयोजनामा आज प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जनप्रतिनिधी, स्थानिय न्यायिक समितिका प्रतिनिधी, मानवअधिकार कर्मी, पार्टी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । स्थानिय जनप्रतिनिधि हरुलाइ न्याय सम्पादन र बिधी तथा प्रक्रियाको बिषयमा जानकार गराउने उदेश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको न्याय कानुन तथा मानब अधिकार बिभागका प्रमुख सुब्बा श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा पूर्वमन्त्री, पार्टी स्थायी कमिटी सदस्य एवं विभाग प्रमुख रघुजी पन्त, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान र वरिष्ठ अधिवक्ता तथा कानुनविद् खिमलाल देवकोटाले प्रशिक्षण दिनुभएको थियो ।