सोनाम ल्होछारको अवसरमा सुरीमा वृहत संस्कृतीक कार्यक्रम

तामाङ जातिहरुले मनाउने सोनाम लोछारको अबसरमा दोलखाको गौरिशंकर गाउपालिका वडा नम्बर ५ सुरिमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

श्याबलिङ गुम्बाको आयोजनामा भएको लोछार विशेष शुभकामना आदानप्रदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले सांगितिक प्रस्तुती गर्नु भएको थियो । कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा पुर्व संचार सुचना तथा प्रबिधी मन्त्री पार्वत गुरुङले सबै जात जाती हरुको छुट्टै पहिचान रहेको र अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउनका लागि विभिन्न जातजाती हरुको रितिरिवाज तथा संस्कृतिको समेत महत्त्वपूर्ण भुमिका रहेकोले सबैले यसको संरक्षण गर्नु पर्ने बताउनु भयो । अन्य बिकास संग संगै जातिय पहिचान हरु लोप हुँदै गएको र संकटमा पर्न सक्ने बताउनुहुदै राष्ट्रिय तथा स्थानीय सरकार सबैले यसको संरक्षण गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमको अबसरमा पुर्व मन्त्री पार्वत गुरुङ्लाइ तामाङ समुदाय ले सम्मान गरेको छ । संचार मन्त्री हुदा तामाङ जातिहरुको पहिचानको लागि राष्ट्रिय स्तरमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नेकपा एमाले गौरिशंकर पालिका कमिटी अध्यक्ष जंग गुरुङ, पुर्व पालिका प्रमुख स्वोयम बहादुर खड्का , विभिन्न गुम्बाका लामा तथा तामाङ समुदाय हरुको सहभागीता रहेको थियो । राष्ट्रिय स्तरका तामाङ कलाकार रामकृष्ण ल्हो, बैरागी मोक्तान, मीन योन्जन, माया श्याङ्बो , सुनिता योन्जन लगाएतका कलाकारहरुले सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

 

लोछारको अबसरमा आयोजना गरिएको वडा स्तरिय भलिबल प्रतियोगिता समेत सम्पन्न भएको छ । वडा स्तरीय भलिबल प्रतियोगितामा आयोजक समुह प्रथम, हलेश्वोर माबी द्वितीय र झ्याकु तेस्रो भएको थियो । बिजयी प्रतियोगिहरुलाइ प्रथम हुनेलाइ नगद ३० हजार, द्वितीय समुहलाइ २० हजार र तृतीय हुनेलाइ १० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।