सैलुङ्ग गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

दर्पण संवाददाता
सैलुङ, ८ फागुन

दोलखाको शैलुङ गाउँपालिकामा आज बाट राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । शैलुङ गाउपालिका वडा नम्बर ८ स्थित शारदा माध्यमिक बिद्यालयमा दोस्रो रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको हो । रनिङ सिल्ड प्रतियोगीता मा पालिका भित्रका ९ वटा माध्यमिक बिद्यालयको सहभागीता रहेको छ ।

रनिङ सिल्ड प्रतियोगीको आज पुर्व मन्त्री तथा नेकपाका बागमती प्रदेश सचिब आनन्द पोखरेलले उद्घाटन गर्नु भएको थियो । गाउँपालिकालाइ खेल क्षेत्रको बिकास गराउने उदेश्यले दोश्रो रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको आयोजना गरिएको पालिका प्रमुख भरत दुलालले बताउनु भयो । आजबाट सुरु भएको प्रतियोगिता फागुन ११ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।