
चरिकोट, भाद्र ३
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले सुचना अधिकारले मुलुकलाई सुशासनको तर्फ अगाडि बढ्न महत्वपुर्ण सहयोग पुग्ने बताउनु भएको छ ।
राष्ट्रिय सुचना दिवसको अवसरमा सदरमुकाम चरिकोटमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै समन्वय प्रमुख पाण्डेले नेपाली जनताले सुचना प्राप्त गर्ने अधिकारलाई संविधानको मौलिक हकमा समावेस भएको र जसका कारण सुशासन प्राप्तिका लागि सुचनाको हक महत्वपुर्ण औजार भएको उल्लेख गुर्न भयो ।
कार्यक्रममा उहाँले दोलखाका नौ वटै स्थानिय तहमा सुचना अधिकारी नभएको उल्लेख गर्नु हुँदै वहाँले सार्वजनिक निकायले गरेका गतिविधिका बारेमा सुचना लिन पाउनु आम नागरिकको कर्तव्य भएकोले तत्काल सुचना अधिकारी तोक्न र सुचनाको हक सम्वन्धि ऐन र नियमावलीमा भएका प्रावधान बमोजिम काम गर्न सबै निकायलाई आग्रह समेत गर्नु भयो ।
यस्तै कार्यक्रममा बोल्नुहुँदै दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सरकारी वा सार्वजनिक निकायले गरेको काम कारवाही र निर्णयका बारेमा जानकारी प्राप्त गर्नु नागरिक अधिकार भएको हुदा प्रचलित नियम अनुसार सुचना प्रवाह गर्ने कार्यलाई सहज बनाउँनु पर्ने बताउँनु भयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी रिजालले सुचना अधिकारका बारेमा प्रवद्र्धन हुने किसिमका गतिविधिलाई जोड दिनु पर्ने समेत बताउँनु भयो ।
मानवअधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाले सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजनाले सुचना अधिकार सञ्जाल दोलखा सँगको सहकार्यमा आयोजनामा गरेको कार्यक्रममा बोल्दै सहभागिहरुले अझै पनि सरकारी तथा गैरसरकारी निकायबाट सहजै सुचना पाउन सक्ने अवस्था नरहेको गुनासो गरेका छन् । हुराडेक नेपाल दोलखाका सचिव जिवसराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवि मास्के, नागरिक दैनिकका रमेश खतिवडा, जिल्ला स्तरिय विपद् जोखिम व्यवस्थापन सञ्जाल दोलखाका संयोजक टंक उप्रेती, सुचना अधिकार सञ्जालका संयोजक जीवन लामा लगाएतले सुचना दिवसका बारेमा आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । सरकारले सुचनाको हक सम्बन्धी ऐन जारी गरेको दिन भदौ ३ गतेलाई राष्ट्रिय सुचना दिवस मनाईदै आईएको छ ।
यसै गरी १३ औं राष्ट्रिय सूचना दिवसको अवसर पारी सुचना अधिकार सञ्जाल दोलखा सँगको समन्वमा मानव अधिकार सचेतन् तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजनाले आयोजना गरेको सूचनाको हक सम्वन्धि क्षमता विकास तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
दोलखाका युवाहरुलाई सुशासन, सुचनाको अधिकार र खुल्ला सरकारः नागरिक साझेदारीका बारे आवश्यक जानकारी गराउँने उद्धेश्यका साथ आयोजना गरिएको तालिममा दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन लामाले सुचनाको हक सम्वन्धि ऐन र नियमावलीमा गरिएको व्यवस्था, सूचना माग गर्ने तरिका र जिल्लाको सूचना प्रवाहको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा हुराडेक नेपाल दोलखाका कार्यकारी निर्देशक सुन्दर लामीछाने, परियोजना संयोजक शेरबहादुर भुजेल र ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल दोलखाका रत्ना तामाङले सुशासन प्रवद्र्धन र खुल्ला सरकारः नागरिक निगरानीका बारेमा सहभागीहरुलाई जानकारी गराउँनु भएको थियो ।
कार्यक्रममा सहजीकरण गर्नु हुँदै दोलखाका प्रमुख जिल्ला अधिकारी रिजालले दोलखामा सुचना अधिकार प्रवद्र्धनका लागि युवाहरुको भुमिका महत्वपुर्ण हुने भन्दै सुचना अधिकारका प्रवद्र्धनमा जुट्न आग्रह गर्नु भएको थियो । तालिममा २५ जना युवाहरुको सहभागि रहेको थियो ।