दर्पण संवाददाता
चरिकोट भाद्र २७
दोलखाको गौरीशंकर गाउपालिका वडा नम्बर ५ सुरिमा रहेको सुरि हाइड्रोपावरमा कार्यरत एक मजदुरको क्रेन बाट खसेर एक जनाको ज्यान गएको छ ।
काभ्रेको पनौती नगरपालिका वडा नम्बर ६ निवासी ३१ वर्षको महेस केसि को आज ज्यान गएको प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनु भयो । हाइड्रोपावर भित्र काम गर्ने क्रममा क्रेन बाट माथी जाने क्रममा डोरि चुटिएर ३५ फिट माथिबाट खसेरको प्रहरिले जनाएको छ । क्रेन को डब्बा सहित ढलनमा खसेको र टाउको तथा शरिरको बिभिन्ना भागमा चोट लागि घटना स्थलमानै ज्यान गएको थियो।