सुन्द्रावतीमा शिवरात्री पुजालाई चन्दा संकलन गर्दा वसको ठक्करवाट बालकको मृत्यु

दर्पण संवाददाता
चरिकोट, ९ फागुण

शिवरात्री पुजालाई डोरी वाँधेर सडकमा चन्दा संकलन गरिरहेका बालकलाई बसले ठक्कर दिदा सुन्द्रावतीमा एक वालकको ज्यान गएको छ ।

दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्वर ९ सुन्द्रावतीका १० बर्षिय पुजन थामीको बसको ठक्करवाट घटनास्थलमानै मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । सिंगटीबाट काठमाडौ जाँदै गरेको बा ४ ख ५८०९ नम्वरको अरनीको वसले सडक छेउमा बसी शिवरात्री पुजाको लागि चन्दा संकलन गरिरहका बालकलाई ठक्कर दिएको प्रहरी निरिक्षक रेशम वोहोरालले जनाकारी दिनुभयो । मृतक थामीको ढाडमा डोरि वाँधीएको भएका कारण चन्दा संकलनका लागि शरिरमा डारी वाँधेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ठक्कर दिने वस र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।