सुन्दर कार्कीको प्यानललाई केन्द्र देखि जिल्ला तहका अबल ब्यब्सायिहरुको समर्थन :भारि मत अन्तर ले बिजयी हुने कार्किको दाबी

बैशाख २६ चरिकोट । दोलखा उधोग बाणिज्य संघको बैशाख २८ गते हुन लागेको चुनावमा दोलखाका ब्यबासायीहरु चुनाबी माहोलमा होमिएका छ्न । २८ गते हुन लागेको चुनावमा सुन्दर कार्की को समूह र इन्द्र श्रेष्ठ को समुहले आआफ्नो समूह घोषणा गरि सकेका छ्न । दुबै पक्षले समूह घोषणा गरे संगै दोलखा उद्योगा बाणिज्य संघ सदस्य हरुलाइ आफ्नो पक्षमा पार्न दुबै समूह ब्यस्त भयेका छ्न ।
उमेदवार हरु चुनाबी माहोल्मा लागि रहेको बेला कार्की समुहले जिल्लाबाट केन्द्रमा समेत नेतृत्व गरि रहेका केन्द्रिय व्यावसायी नेता देखि जिल्ला का ब्यबसायिको राम्रो समर्थन पाएको छ । २८ गते हुन लागेको निर्वाचनमा सुन्दर कार्कीको प्यानललाई नेपाल उद्योग बाणिज्य महासंघका दुई केन्द्रिय सदस्यले खुलेरै समर्थन गरेका छन् । केन्द्रिय दुई नेता देखि उद्योग बाणिज्य संघ दोलखामा लामो समय सम्म काम गरेक पुराना १० जना ब्यबसायिहरुले बिग्यप्ति गरि गर्दै उद्योग बाणिज्य दोलखामा कार्कीको प्यानल सक्षम रहेको भन्दै समर्थन गरेको छ ।
कार्की समुहलाइ केन्द्रिय सदस्य एवंम दोलखाका पूर्व अध्यक्ष डिवि बस्नेत र सुर्दशन कार्कीले पनि समर्थन गरेका हुन् ।
तीन बर्षको कार्यकाल रहने उद्योग बाणिज्य सघंको नेतृत्वका लागि उपयुक्त उम्मेद्धारको रुपमा सुन्दर कार्की प्यानल रहेको भन्दै समर्थन गरिएको केन्द्रिय सदस्य बस्नेतको भनाइ छ । दोलखाली उद्योगी व्यवसायीको लोकप्रिय रहेका दुबै केन्द्रिय सदस्यले सर्मथन गरेसँगै उद्योग बाणिज्य सघंको निर्वाचनको माहोल झनै रोचक बन्नुका साथै कार्की समुह बलियो बन्दै गयेको ब्यबसायिहरुले बताएका छ्न ।

काङ्ग्रेसका जिल्ला समिती सदस्य ले नै कार्की समुहलाई समर्थन
कार्कि समुहका उमेदवारहरुलाइ नेपाली काङ्रेस दोलखाका जिल्ला कार्य समिती सदस्य समेत रहेका उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा हाल केन्दि्रत सदस्य रहेका ब्यबसायी हरुका पुराना लोकपृय नेता सुदर्शन कार्किले खुलेरै समर्थन गरेका छ्न। चुनाबमा काङ्ग्रेस निकटको तर्फबाट इन्द्र श्रेष्ठको समूह र नेकपाको तर्फबाट सुन्दर कार्की को समुहको उमेदवार रहेको छ । पार्टीको तर्फबाट इन्द्र समूह भएता पनि ब्यबसायी हरुको हितमा र बाणिज्य संघ को लागि सुन्दर कार्की समूह सक्षम देखियेकोले आफुले सुन्दर कार्की समुहलाइ समर्थन गरेको सुदर्शन कार्कि ले बताउनु भयो।

अगिल्लो निर्बाचमा सुन्दर कार्की को समुहले माओवादी र काङ्ग्रेस को समर्थन पाएको उद्योग बाणिज्य संघमा दुई कार्यकाल अध्यक्ष भै ६ बर्ष बिताइ सकेका रामेश्वर मानन्धर लाई १ भोट ले पराजित गर्दै सुन्दर कार्की बिजय भएका थिये । अहिले कार्की ले पुर्ण रुपमा नेकपाको समर्थन पाएको छ भने सुन्दर कार्की आफैमा पनि लोकप्रिय ब्यबसयी मानिन्छ । चुनाव १ भोटले जितेर पनि मुद्दा खेपेका कार्किले ब्यबसायी हरुको हितका लागि र दोलखामा लगानी भित्राउनको लागि धेरै काम गरेको दोलखाका ब्यबसायी हरुको भनाइ रहेको छ। केन्द्र देखि जिल्लाका हरेक ब्यबसायी हरुको राम्रो सहयोग पाएको र आफ्नो समुहले जित्नेमा कुनै दुबिधा न रहेको अध्यक्षका उमेदवार सुन्दर कार्किले दाबी गर्नु भयो ।