दर्पण संवाददाता
चरीकोट, ३० चैत ः दोलखाको विगु गाउँपालिका वडा नम्वर ४ मा वोलेरो गाडि दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
दोलखाको सिंगटीबाट विगु गाउँपालिका ४ वुलुङ जाने क्रममा बागमती प्रदेश ३०१२३ च ७५८० नम्वरको वोलेरो गाडी गय राती १० वजेको समयमा दुर्घटना भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताउनुभयो । मृत्यु हुनेहरुमा विगु गाउँपालिका वडा नम्वर ३ वुलुङका ३५ वर्षिय विनोद केसी, ५२ वर्षिय राधा खडका २४ वषिय चण्डीका थापा र ४५ वर्षिय अजिता खत्री रहेका छन् । दुर्घटनामा परी वडा अध्यक्ष सहित १८ जना घाइते भएका छन् । घाइतेहरुको काठमाण्डौको विएण्डवि, ट्रमा सेन्टर र धुलिखेल अस्पतालमा उपचार भई रहेको छ ।

