दर्पण संवाददाता
चरीकोट, ४ असार ः वागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती वस्नेतले आज दोलखाको विभिन्न स्वास्थ्य संस्था तथा स्थानिय तहहरुलाई स्वास्थ्य सामग्री हस्ताणतरण गर्नु भएको छ ।
सामजिक विकास मन्त्री सरस्वती वस्नेतले आज गृह जिल्ला दोलखामा जिल्ला स्वास्थ्य कार्यालय मार्फत करिव १ करोड रुपौँया वरावरको स्वास्थ्य सामग्री हस्ताणतरण गर्नुभएको हो । स्वास्थ्य सामग्रीहरुमा भेन्टिलेटर, मोबाइल एक्सरे मेसिन, अक्सिजन कन्सेन्ट्रेटर, अक्सिजन सिलिण्डर, डेड बडी ब्याग, डिजिटल थर्मोमिटर, पल्स अक्सिमिटर, सर्जिकल तथा अन्य गरी करिब ७० हजार वटा मास्क, पन्जा, स्यानिटाइजर, गाउन लगायत सामग्री रहेको छ ।

दोस्रो लहरको कोरोना भाइसरले प्रभावित बनेको दोलखामा स्वास्थ्य सामग्री सहित दोलखा आउनु भएका मन्त्री वस्नेतलले दोलखाका सवै स्थानिय तहलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्ताणतरण गर्नु भएको हो । वागमती प्रदेशको सवै जिल्ला हरुमा आवश्यकताको आधारमा स्वास्थ्य सामग्री पठाई सकिएको र दोलखामा पनि आफुले लिएर आएको उहाँले बताउनु भयो । दोलखामा विरामीहरुको अवस्थालाई मध्यनजर गरी भिमेश्वर नगरपालिकामा रहेको पशुपती चौलागाई स्मृती अस्पताललाई भेन्टीलेटर तथा तामाकोशी गाउँपालिकाको कोभिड अस्पतालको लागि एक्से मसिन समेत हस्ताणतरण गर्नु भएको छ ।
स्वास्थ्य सामग्री सहित दोलखा आउनु भएको मन्त्री वस्नेतलले दोलखामा रहेको पशुपती चौलागाई स्मृती अस्पतालको निरिक्षण गर्नुभएको छ । अस्पताल सहित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरिकोटको समेत अवलोकण गर्नु भएको छ ।
