दर्पण संवाददाता
७ भदौ , गायिका शान्ति श्री परियार र कमल पोखरेलको आवाजमा सजिएको साउदिको जेल अत्यन्तै मार्मीक दोहोरी गित सार्वजनिक भएको छ ।
कमल पोखरेलको शब्द संगित रहेको गितमा नेपालको यथार्थ घटनालाई समेटन खोजेको पाइन्छ । धेरै नेपालीहरु विदेशी भूमिमा दुख भोगिरहेको र आफन्तहरु घर फर्कने आशामा बसि रहेको कथालाई गितले समेटेको पाइन्छ । साउदीको जेलमा गित को म्यूजिक भिडियोलाई राजु क्षेत्री र डिवि कार्की व्यञ्जनले निर्देशन गरेका छन् भने बासु बरालले छायांकन गरेका हुन् ।
म्युजिक भिडियोमा साउदीको जेलमा छटपटाई रहेको अवस्थामा दोलखाली नब कलाकार सरोज पोखरेललाई देख्न सकिन्छ भने घर फर्कने आशमा आशा खड्कालाई देख्न सकिन्छ ।
पोखरेलको यो पहिलो म्यूजिक भिडियो भएता पनि धेरै दर्शकहरुलले उनको अभिनयलाई मन पराएका छन् ।
भिडियो हेर्नुहोस