सहकारी दिवसको अवसरमा चरिकोटमा जिल्ला स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न

दर्पण संवाददाता
चरिकोट, १६ चैत्र,
जिल्ला सहकारी संघ दोलखाले ६२ औ सहकारी दिवसको अवसरमा आज चरिकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ ।

दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी भन्ने शिर्षकमा आयोजना गरेको प्रतियोगितामा जिल्लाका आठ वटा विधालयले सहभागीता जनाएका थिए । प्रत्येक मा वि बाट एक÷एक छात्र छात्राले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
प्रतियोगितामा हिलेपानी संस्कृत माविका विधार्थी सुनिता अधिकारी प्रथम, भिम माध्यमिक विद्यालयका विधार्थी रोसन योगी द्धितिय र सत्यश्वर माविका विधार्थी कल्यानी वस्नेत तृतिय भएका छन् । विजयी प्रतियोगिहरुलाई क्रमश पाँच हजार, तिन हजार र दुई हजार नगदका साथै प्रमाण पत्र प्रदान गरिएको छ ।
शिक्षा समन्वय इकाई दोलखाका प्रमुख शंखर बाबु श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नुहुँदै सहकारीले शिक्षा क्षेत्रमा कार्यक्रमको आयोजना गरेको खुसी व्यतm गर्नुहुँदै आगमी दिनमा समेत शिक्षाको क्षेत्रमा विभिन्न कार्यक्रम हरु संचानल गर्नको लागि आग्रह गर्नु भयो । कार्यक्रम जिल्ला सहकारी संघ दोलखाका उपाध्यक्ष रत्न बहादुृर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।