सशस्त्र प्रहरी वल १८ नम्वर गुल्मले विभिन्न कार्यक्रम गरी मनायो २४ औँ स्थापना दिवस

सशस्त्र प्रहरी बल नेपाल १८ नम्वर गुल्म चरिकोट दोलखाले २४ औँ सशस्त्र प्रहरी दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

२४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल १८ नम्वर गुल्म मुख्य कार्यालय दोलखाले जिल्ला समन्वय समिती दोलखाका प्रमुख बर्जुुराम घतानीको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । कार्यक्रममा प्रमुख अतिथी अतिथीहरुले विभिन्न क्रममा विरगती प्राप्त सहिदहरु प्रति सम्मान र माल्यार्पण गर्नु भएको थियो । सशस्त्र प्रहरी बल नेपाल १८ नम्वर गुल्म चरिकोटका गल्मपतीले स्थापना दिवसको अवसरमा जारी शुभकामना सन्देश वाचन गर्नु हुुँदै हाल सम्म साथ सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । २४ औँ सशस्त्र प्रहरी दिवसको विगु गाउँपालिका, भिमेश्वर नगरपालिका वडा नम्वर ६ वडा कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखालाई सम्मान गरीएको छ । त्यस्तै शसस्त्र प्रहरीबल चरिकोट गूल्ममा रहि उत्कृष्ट काम गर्ने प्रहरीहरुलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, विगु गाउँपालिकाका अध्यक्ष संजीव वली, जिल्ला समन्वय समिती दोलखाका प्रमुख वर्जुराम घतानी लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।