दर्पण संवाददाता
११ भाद्र
सल्लेरी सामुदायिक वन उपभोक्ता समुहको २५ औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती आज भव्य रुपमा सम्पन्न भएको छ ।
दोलखाको शैलुङ गाँउपालिका वडा नं ४ मागापौवामा रहेको सल्लेरी सामुदायिक वन उपभोक्ता समुह २५ वर्ष पुरा गरेको अवसरमा आज दोलखा प्रतिनिधी सभा सदस्य मा पार्वत गुरुङको प्रमुख अतिथ्यतामा रजत जयन्ती भब्य रुपमा सम्पन्न भएको छ । जैविक विबिधता सहितकोसल्लेरी समुदायिक वन गरिवी न्यूनिकरणको लागि न्यायोचित वितरण भन्ने मुल नाराका साथ आयोजना गरेको रजत जयन्तीमा सामुदायिक वनलाई योग्दान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

धुपीको विरुवा रोप्दै रतज जयन्ती कार्यक्रमको उद्घाटन गर्नुहँदै प्रतिनिधी सभा सदस्य मा. पार्वत गुरुङले सामुदायिक वनहरु आम नागरिकको आत्मनिर्भरको आधार बन्ने भएकाले सामुदायिक वनमा नविनतम सोचका साथ उत्पादन र उद्यमशीलतामा ध्यान दिई सम्वृद्धिमा जोड दिनुपर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला वन कार्यालय दोलखाका कार्यालय प्रमुख शान्तमाया श्रेष्ठले वन संरक्षणमा सामुदायिक बन उपभोक्ताहरुको योगदानको चर्चा गर्नु भएको थियो । सल्लेरी सामुदायिक वनका अध्यक्ष धन बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय विभिन्न झाँकीहरुको समेत प्रर्दशन गरिएको थियो ।

कार्यक्रमको अवसरमा संस्थाका कोषाध्यक्ष सुकमान तामाङले १५ लाख १२ हजार आठ सय वरावरको बार्षिक आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो । संस्थाले कोषको वर्गिकरण गरी न्युन प्रतिशत व्याजमा ६ ओटा क्षेत्रहरुमा लगानी गर्न लागेको उहाँले बताउनु भयो । कृषि क्षेत्र पशुपालन क्षेत्र, आयआर्जन संग सम्वन्धीत क्षेत्र, व्यापार व्यवसाय लगायतको क्षेत्रमा लगानी गर्नुका साथै क्यान्सर पिडित रोगिहरुका लागि समेत निव्याजी २० हजार रकम सहयोग गर्दै आएको छ ।
९२.२७ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक बनले हाल ४९२ घर धुरीका उपभोक्तहरुले उपाभोग गर्दै आएका छन् ।
