दर्पण संवाददाता
चरिकोट, ११ असोज
पूर्व प्रधानमन्त्री एवंम् नेपाल कम्यूनिष्ट पाटीका वरिष्ठ नेता झलनाथ खनालले अहिलेको बहुमतको सरकारले सानातिना समस्याको समाधान गरी नयाँ तरिकाले विकासको लहर ल्याउनु पर्ने बताउनु भएको छ ।
नेपालको स्विजरल्याण्डको नामले परिचित दोलखाको जिरीमा पर्यटन दिवसको अवसरमा आज आयोजित एक कार्यक्रमलाई संवोधन गर्नुहुँदै पुर्व प्रधानमन्त्री खनालले सरकारको चुनैती अहिले धेरै भएता पनि त्यसलाई निराकरण गरेर स्थानिय, प्रदेश र केन्द्रीय तिन ओटै सरकारले नयाँ ढङगले विकासको लहर ल्याई अगाडी बढनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
दोलखाको जिरीमा आजबाट संचालनमा आएको जिरी सामुदायिक एफ एम ९४ मेगाहर्ज तथा पर्यटन दिवसको कार्यक्रम उद्घाटन गर्नको लागि हेलिकप्टर र्माफत जिरी पुग्नु भएका पुर्व प्रधानमन्त्री खनालले देशमा संचारले ठुलो फड्को मारेको भन्नुहुँदै नागरिको लागि सत्य र तथ्य सुचना संप्रेशण गरी स्थानीयको संचारको सारथी बन्नको लागि संचार माध्यमलाई आग्रह गर्नु भयो ।
कार्यक्रमलाई संवोधन गर्नुहँदै प्रतिनिधी सभाका माननिय सांसद पार्वत गुरुङले संचार माध्यमको विकास हुनुनै लोकतन्त्रको बलियो आधार भएको बताउनु भयो । उहाँले अहिलेको सरकारको उदेश्य संबृद्ध नेपाल निर्माणको लागि संचार माध्यमको महत्वपुर्ण भूमिका हुने बताउनु हुँदै संचारमाध्यमले सकरात्मक भूमिका खेल्नका लागि आग्रह गर्नु भयो ।
सगरमाथाको प्रवेशद्धार भनेर परिचित जिरीमा स्थापना भएको रेडियोले स्थानियहरुलदाई सहि सुचना संप्रेशण गरी निपक्ष हुनका लागि प्रतिनिधी सभाका सांसद शान्ती तामाङले आग्रह गर्नु भयो ।
रेडियो संचालक समितिका अध्यक्ष लक्ष्मण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभाका सांसद शान्ती पाख्रिन, पुर्व संस्कृती पर्यटन तथा नागरीक उड्यन मन्त्री तथा नेकपाका ३ नं प्रदेश सचिव आनन्द पोखरेल, पुर्व राज्य मन्त्री देवी खड्का, प्रदेश संसदहरु पशुपती चौलागाई, विशाल खड्का, डिएन शेर्पा, हिमाली गोले लगाएत नेताहरु जिरीमा पुगेर शुभकामना दिनुभएको थियो ।