दर्पण संवाददाता
लामावगर, ५ कार्तिक
राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आज सुचना संचार तथा प्रविधि मन्त्री गोकुल वास्कोटाले स्थलगत अवलोकण गर्नु भएको छ ।
सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री वास्कोटाले दोलखाको विगु गाउँपालिका स्थित लामावगरमा निर्माणधीन ४५६ मेगावाटको तामाकोशी जलविधुत आयोाजनाको आज निरिक्षण गर्नु भएको हो । आयोजना स्थलको अवलोकण गर्नुहुँदै मन्त्री बास्कोटाले आयोजनाको प्रगती, सम्पन्नहुने मिती, लागत लगाएतको विषयमा जानकारी लिनुभएको थियो । निर्माणको अन्तिम चरणमा रहेको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविधुत आयोजनाको हाल सम्मको अवस्थाको वारेमा आयोजनाका विमल गुरुङले जानकारी गराउनु भएको थियो । अवलोकण पश्चात मन्त्री बास्कोटाले समयमानै काम सम्पन्न गर्नका लागि निर्देशन दिनु भएको छ । मन्त्री सहितको टोलीले आयोजना स्थलमा करीव १ घण्टा विताउनु भएको थियो ।
मन्त्री सहित दोलखा प्रतिनिधी सभा सदस्य पार्वत गुरुङ, पुर्व मन्त्री आनन्द पोखरेल, नेकपाका नेता तथा प्रदेश नम्वर ३ का सदस्य पशुपती चौलागाई लगाएतको टोली आज विहान हेलिकप्टर मार्फत लामावगर पुग्नु भएको थियो । माथिल्लो तामाकोशी जलविधुत आयोजनामा नेपाल टेलिकमले ७ अर्व रुपैया लगानी गरेको छ ।
