चरिकोट, मंसिर ३
लामोसांगु चरिकोट सडक खण्डमा चरम लापर्वाहि गरेको र समयमा काम सम्पन्न नगरेको भन्दै आज चरिकोटमा नागरिकहरुले मानव साङलो निकालि विरोध गरेको छ ।
विगत चार वर्ष देखि निर्माणकम्पनीले निर्माणकार्यमा लापर्वाहि गरेको र सडक अलपत्र पारेको भन्दै दोलखाका नागरीकहरु आन्दोलनमा उत्रिएका छन् । सडक निर्माण गर्नु पर्ने सयममा समेत काम सुरु नगरेको र आम दोलखा वासीलाई समस्या परेको भन्दै दोलखाका करिव ५ सय नागरीकहरु आज सडकमा उत्रिएर मानव साङलो बनाई ठेकेदारलाई दवाव दिएको हो । ठेकेदारले चरम लापवाही गरी सडक अलपत्र पारेको भन्दै दोलखाका नागरीहरु चरणवद्ध आन्दोलनमा उत्रिएका छन् । समयमा काम नगर्ने ठेकेदारको फोटो पोष्टर वनाई सवारी साधन तथा सार्वजनिक स्थलहरुमा समेत टांस गर्दे आएका छन् ।
निर्माण कम्पनीलाई पटक पटक काम सुचारु गर्न आग्रह गर्दा पनी काम सुरु नगरेका कारण आफलुहरु बाध्य भएर चरणबद्ध आन्दोलन गर्न लागेका नागरीक समाज दोलखाका संयोजक चिरन्जीवि मास्केले बताउनु भयो । सडक निर्माण गराउन जन स्तरवाट दवाव सिर्जना भएको र आफुहरु वाध्य भएर विभिन्न चरणको आन्दोलन गर्न लागेको रमेश खतिवडाले बताउनु भयो ।
दुई वर्ष भित्र काम सम्पन्न गर्ने गरी लामोसाँगु मूडे सडक खण्ड अन्र्तगत चेनेज ० किमी देखि २५ किमीसम्म लामोसाँगु मूडे सडक खण्डको काम सिमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ति जेभीले र २५ किमी देखी ५५ किमीसम्म मूडे चरिकोट सडक खण्डको काम शकिल हेदर, शङ्करमाली, सुनौला खिम्ति जेभीले जिम्मा लिएको थियो ।
लामोसाँगु चरिकोट सडक विस्तार कार्यक्रम अन्र्तगत लामोसाँगु मूडे २५ किलोमीटर सडक विस्तार र मूडे चरिकोट ३० किलोमीटर सडक विस्तारको कामको सम्झौता २०७२ भदौमा भएको थियो । दुबै कामको सम्पन्न अवधि दुई बर्षको थियो । तर सम्पन्न अवधि सकिएर दुई बर्ष नाघिसक्दा समेत दुबै कामको प्रगति हुन सकेको छैन ।
सडक आयोजनाका नयाँ प्रमुख दिप वाराहि सडक विस्तार तथा स्तरउन्नतीको काम बर्षा अघिनै सक्ने गरी अगाडि बढाउन आफुले दुवै खण्डको निर्माण कम्पनिलाई निर्देशन दिएको र उनीहरुले काम सुरु गरेकोले चाँडै समस्या समाधान हुने बताउनु भयो । 