दर्पण संवाददाता
चरिकोट असोज ६
दोलखाको समग्र बिकास र समृद्धिका लागि २३ बुदे साझा प्रतिबद्धता पत्र जारी गर्दै दोलखाको चौथो जिल्ला सभा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिती दोलखाको सभा हलमा आइतबार देखि सुरु भएको जिल्ला सभा जिल्लाको समग्र बिकासको लागि २३ बुदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको हो । दुई नगरपालिका र सात गाउपालिका सहित नौ स्थानीय तह रहेको दोलखामा सभाले सबै स्थानिय तहको बिकास र समृद्धिका साझा मुद्दा हरुलाइ उठान गरेको छ । जिल्ला सभाले पर्यटन, कृषी, उधोगलाई प्राथमिकता दिएको छ । कालिन्चोक, भिमेश्वोर, बिगु गुम्बा, शैलुङ डाडा, जिरि उपत्यका , छोरोल्पा हिमताल तथा गौरिशंकर हिमाल पदयात्रा मार्ग निर्माणका लागि स्थानीय तहबाट प्राथमिकताकस अधारमा बजेट तथा कार्याक्रमको ब्यवस्थापन गर्ने, सेवा ग्राहीहरुको लागि सहज हुने गरि डिभिजन कार्यलय अन्तर्गतका कार्यालयहरु जिल्लामा स्थापना गर्ने ब्यबस्था मिलाउन बागम्ती प्रदेशलाइ आग्रह गर्ने भएको छ ।
समृद्धिका लागि महत्त्वपूर्ण मानिने भिमेश्वोर नगरपालिका ९ लाकुरी डाडामा निर्माण हुने नेपाल चलचित्र नगरी निर्माण कार्यलाई तिब्रता दिन आवश्यक बजेटको ब्यवस्था गर्न संघीय र प्रदेश सरकारलाइ ध्यानाकर्षण गराउने, जिल्लाको स्थानीय तह अन्तर्गत ७४ वडाको केन्द्र तथा स्थानिय तहको केन्द्रमा हेलिप्याड निर्माणका लागि पहल गर्ने निर्णय गरेको छ । दोलखाको नौ अटा नै स्थानिय तहमा संकलन केन्द्र स्थापना गरि संचालन गर्न सहकार्य गरि एक पालिका एक औद्योगिक ग्राम को अबधारणा लाई जोड दिई कार्यान्वयन गर्ने भएको छ ।
जिल्ला सभामा सहभागी स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुले स्थानीय तहको समस्याको बारेमा जानकारी गराएका थिए । पालिकामा दरबन्दी अनुसारको कर्मचारीहरुको अभाव, कतिपय नितिगत समस्या हरुले गर्दा स्थानिय तहमा समस्या भएको बताउनु भएको थियो । तेस्ता समस्याको बारेमा संघ तथा प्रदेश ले छलफल गरि टुंगो लगाउनु पर्नेमा जोड दिएका थिए ।
जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डेको अध्यक्षतामा भएको सभामा बागमती प्रदेश सदस्य पशुपति चौलागाईं, हिमाली गोले, प्रमुख जिल्ला अधिकारी दोलखाका स्थानीय तहका प्रमुख उपप्रमुख हरुको सहभागीता रहेको थियो ।