दर्पण संवाददाता
भाद्र २६
लगातारको बर्षाका कारण दोलखाको उत्तरी ब्यापारीक केन्द्र सिंगटी बजार पहिरोको उच्च जोखिममा परेको छ ।
२०७२ सालको भूकम्प पछि उच्च जोखिमको क्षेत्र भनि सिंगटी बजारलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने भूगर्वसंग सम्बन्धित विज्ञहरुको सुझाब रहेको भएपनि उचित बिकल्प नभएपछि स्थानिय जोखिम मोलेरनै बस्दै आएका छन् ।
बुधवार साँझ पहिरो जाँदा ५ घर विस्थापित भएको र झण्डै एक दर्जन घरहरु उच्च जोखिममा रहेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुन्जीत तमाङले बताउनु भयो । क्षतिको पूर्ण विवरण प्राप्त भै नसके पनि पहिरोका कारण व्यवसायी र स्थानियको ३० करोड भन्दा बढीको क्षति पुगेको अनुमान छ ।
पहिरोले क्षेती पुराएको सिंगटीका तस्विरहरु







