जेष्ठ ८
सञ्चारक्षेत्रमा लामो समयदेखि कार्यरत सञ्चारकर्मी बिमला बुढाथोकी सम्मानित भएकी छिन ।
मङ्गलबार शैलुङ्ग गाउँपालिका वाडा नम्वर ८ भैँसेमा आयोजित एक कार्यक्रममा बुढाथोकीलाई जिङ्गको मिडिया प्रालि र शैलुङ जागरण युवा समाजले सम्मान गरेको हो । सम्मानित बुढाथाकी विगत आठ बर्षदेखि रेडियो शैलुङ्गमा समचार संयोजकको रुपमा कार्य गर्दै आउनु भएको छ । उहाँ पारस्परिक जफवदेहिता परियोजनाको सामुदायिक संचारकर्मी पनि हुनुुहुन्छ ।
शैलुङ गाउँपालिका वडा नम्वर ८ मा रहेको सारदा माध्यमिक विद्यालय परिसरमा शैलुङ जागरण युवा समाजद्धारा निर्मित, मुक्ति बहादुर कार्की राजदलबाको स्वर्गीय श्रीमती कुमारी कार्कीको सम्झनामा निर्माण गरिएको सरस्वतीको मन्दिर विद्यालयलाई हस्तान्तरण कार्यक्रममा रेडियोकर्मी बुढाथोकी सहित मन्दिर निर्माणमा सहयोग गर्ने करिब विष जना समाजसेविलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
तीन लाख ७५ हजार लगानिमा निर्माण गरिएको सरस्वतीको मन्दिर निर्माणका लागि ज्येष्ठ नागरिक राजदलबाले १ लाख रकम सहयोग गर्नुभएको थियो । शैलुङ जागरण युवा समाजको आयोजना तथा जिङको मिडिया प्रालिको समन्वयमा भएको कार्यक्रममा कलाकार रामबाबु गजमेरले मेलुङ र शैलुङ गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा मन्दिर निर्माणका लागि १ लाख सहयोग गर्नुभएका शैलुङगेश्वरका समाज सेवी कार्की राजदलबाले चण्डिका आधारभुत्त विद्यालय पोखरे र शैलुङगेश्वर आधारभुत्त विद्यालय मनगाउँलाई ५०÷५० हजारको अक्षयकोष स्थापना गर्नुभएको छ ।
विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार, अनुशासित र आर्थीक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पढाईमा सहयोग पु¥याउने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको हो ।
शैलुङ जागरण युवा समाज शैलुङगेश्वरका अध्यक्ष वद्रि कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व रक्षा सचिव देवेन्द्र प्रसाद सिटौला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्वर ८ का वडा अध्यक्ष रामेश्वर उप्रेती, विद्यालयका सहायक प्रधानाध्यापक वेदराज शिवाकोटी, शिक्षक चुडामणि भट्टराई लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शैलुङ गाउँपालिका वडा नम्बर ८ शैलुङगेश्वरमा गठन भएको शैलुङ जागरण युवा समाजले विभिन्न सामाजिक क्षेत्रमा सहयोग र समन्वय गर्दै काम गर्ने गरेको छ भने जिङको मिडिया प्रालिले मिडियाको तर्फबाट आवश्यक सहयोग गर्दै आएको छ ।