संविधान दिवसको अवसरमा पर्यटकीय नगरी जिरी वजार सरसफाई

दर्पण संवाददाता
जिरी, असोज २
दोलखाको पर्यटकीय नगरी जिरीबजारमा संविधान दिवसको आवसरमा आज सरसफाइ गरिएको छ ।

संविधान दिवस २०७६ लाई लक्षित गरी जिरी नगरपालिकाको अगुवाइमा जिरीको पर्यटकीय क्षेत्र लिंकन बजार आसपासमा सरसफाई गरिएको हो । किल्न, ग्रिन, र आर्गनिक जिरी बनाउने अभियान अन्र्तगत स्वदेशी तथा विदेशी हरेक पर्याटकहरुको रोजाइमा पर्ने जिरी वजारलाई सफा राख्नको लागि नगरपालिको आयोजनामा जिरी बजारको सरसफाई कार्यक्रम आयोजना गरिएको नगर प्रमुख टंक जिरेलले बताउनु भयो ।

संविधान दिवसलाई लक्षित गरी आयोजना गरिएको वजार सरसफाई कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रशासकिय प्रमुख, राजनैतिक दलका प्रमुख, स्थानिय व्यापारी समाजसेवी युवा संजाल, नेपाल प्रहरी लगाएतको सहभागिता रहेको थियो । जिरी नगरपालिकालाई सफा, हरीयाली र आर्गनिक जिरी बनाउनका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ ।