संरक्षणमा बौद्धधर्मलम्वीहरुको भूमिकाको विषयमा गौरिशंकर संरक्षण क्षेत्रद्धारा लामाहरु संग छलफल

दर्पण संवाददाता
चरिकोट, ८ असोज

गौरिशंकर संरक्षण क्षेत्र आयोजनाले बन बाताबरण तथा वन्यजन्तु वनस्पतीहरुको संरक्षणमा परम्परागत धार्मिक रुपमानै वौद्धमर्गीहरुको भूमिका महत्वपुर्ण रहेको भन्दै बौद्धधर्मलम्वीहरु संग छलफल गरेको छ ।

राष्ट्रिय संरक्षण दिवस २०७६ को अवसरमा गौरीशङ्कर संरक्षण क्षेत्रले दोलखाको सिंगटीमा वातावरण तथा बन्यजन्तु संरक्षणमा बौद्धमार्गीहरुको भूमिका विषयमा कार्यक्रम आयोजना गरि बिभिन्न गुम्बाका बौद्धमार्गी लामाहरुलाई भेला छलफल गरेको हो । पृथ्वीमा सवैले बाँच्न पाउने अधिकार रहेको र सवै प्राणीहरुको सम्मान हक रहेको हुँदा मानवले मात्र आफुखुसी प्रकृतीको प्रयोग गर्दा धेरै जिवजनावरहरु लोप हुँदै गएको र त्यसको सवैले संरक्षण गर्नु पर्ने सहभागीहरुले बताएका छन् । गौरिशंर संरक्षण क्षेत्र आयोजना अन्र्तगत दोलखाको उत्तरी क्षेत्रमा विभिन्न भागमा रहेका ४० ओटा गुम्वाका ४० जना बौद्धमार्गी लामाहरु सहभागी गराई संरक्षण क्षेत्रले भेला गरेको हो ।

बौद्धमार्गीहरुले विगत देखिनै बन्यजन्तुको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको र बौद्धमार्गी लामाहरुसंग प्रकृती संक्षणको विषयमा धेरै कुरा सिक्नुपर्ने जिल्ला समन्वय समिती दोलखाका प्रमुख डवल पाण्डेले बताउनु भयो । बौद्धमार्गीहरुले बन्यजन्तु तथा बनसपति संरक्षणमा महत्वपूर्ण भुमिका खेलेको र त्यसले संरक्षण क्षेत्रलाई ठूलो सहयोग मिलेको उल्लेख गर्नुहुदै संरक्षण क्षेत्रले पहिलो पटक लामाहरुलाई भेला गरेर सम्मान गरेको गैरिशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्य नारायन शाहाले बताउनु भयो । दोलखाको विकास, बन्यजन्तु तथा वनसपति संरक्षण र सांस्कृतिक सम्पदाको संरक्षणको लागि संरक्षण क्षेत्रसंग समन्वय गरेर सदैव अगाडि बढ्न तयार रहेको सहभागी लामाहरुले बताएका छन् ।

राष्ट्रिय संरक्षण दिवस २०७६ को अवसरमा गौरीशङ्कर संरक्षण क्षेत्रले बिभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु हुने चार जनालाई सम्मान समेत गरेको छ । संरक्षण पुरस्कारबाट सम्मानित हुनेहरुमा पत्रकारिता तर्फ कारोवार दैनिकका दोलखा संवाददाता दिलबहादुर केसी, रोल्वालिङ गुम्बाका प्रमुख रेमपोचे ङावाङ तेन्जीङ लामा, संरक्षण शिक्षक गौरीशङ्कर माविका केपी भट्टराई र संरक्षण क्षेत्र ब्यवस्थापन समिति रामेछाप गुम्देलका नुर्वु शेर्पा रहनु भएको छ ।