संचार तथा सुचना प्रबिधी मन्त्री पार्वत गुरुङलाई गृह गाउमा भब्य स्वागत

दर्पण संवाददाता
सुरि पुस ४
संचार तथा सुचना प्रबिधी मन्त्री मा पार्वत गुरुङ लाई गृह जिल्ला दोलखामा भब्य स्वागत गरेको छ ।
दोलखाको विभिन्न कार्याक्रमा सहभागी हुन दोलखा आउनु भएको मन्त्री गुरुङलाई जिल्लाको बिभिना कार्यक्रम आज भब्य स्वागत गरेको छ । जन्म गाउँ गौरिशंकर गाउपालिका सुरिमा गाउपालिकाले आज बधाई तथा सम्मान गरेको छ । गाउपालिका ५ सुरि काप्तीमा रहेको दिब्यश्वोरो आधारभूत बिधालय को नब निर्मित भवनको उदघाटन गर्नु भएको छ । उदघाटन तथा हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्नु हुँदै मन्त्री गुरुङले निर्वाचन देखि सहयोग गरि यो अबस्था सम्म पुर्याउनु सहयोग गर्नु सबैको महत्त्वपूर्ण भुमिका रहेको ले सबैलाइ धन्यवाद दिनु भएको थियो । जन्म गाउँ काप्ती आइ पुग्नु भएका मन्त्री गुरुङले जेष्ठ नागरिकहरुलाइ न्यानो कपडा बितरण गर्नु भएको थियो । संचार मन्त्री हुनु भएसी पहिलो पटक आज गृह जिल्ला आउनु भएको मन्त्री गुरुङको ६ गते सम्म जिल्लाको विभिन्न कार्यक्रमा सहभागी हुने कार्यक्रम रहेको छ ।