शैलुङ गाउँपालिका बाग्मती प्रदेशकै उत्कृष्ट गाउँपालिका

दर्पण संवाददाता
२९ माघ, दोलखा ।
दोलखाको शैलुङ गाउँपालिका बाग्मती प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रुपमा पुरस्कृत भएको छ ।

बाग्मती प्रदेश सरकारको बिभिन्न सुचकलाई आधार मानि शैलुङ गाउँपालिकालाई उत्कृष्ट स्थानीय तह घोषणा गरेको हो ।प्रदेश स्थापनाको दोस्रो वर्ष पुरा भएको अबसरमा अवसरमा राजधानी हेटौँडामा बुधवार आयोजित समारोहकाबीच शैलुङ गाउँपालिकालाई उत्कृष्ट गाउँपालिका घोषणा गर्दै सम्मान र कदरपत्र प्रदान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख विष्णु प्रसाईले गाउँपालिका अध्यक्ष भरत दुलाललाई सम्मान र कदरपत्र प्रदान गर्नु भएको छ । उत्कृष्ट गाउँपालिकाको रुपमा पुरस्कृत भएपछि गाउँपालिका अध्यक्ष दुलालले गाउँपालिकाबासि र जिल्लाका सबै सरोकारवालाहरुको सामुहिक प्रयासका कारण यो सम्भव भएको बताउनु भयो ।
बाग्मती प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तह मध्ये शैलुङ गाउँपालिका सहित ३ गाउँपालिका र दुई नगरपालिका उत्कृष्ट घोषित भएको छ ।