शैलुङ गाउँपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा एमाले निर्वाचित

चरिकोट, ५ जेठ  ः दोलखाको शैलुङ गाउँपालिका प्रमुखमा गठबन्धन र उपप्रमुखमा नेकपा एमाले निर्वाचित भएको छ ।

आज सकिएको मत गणनाको अन्तिम परिणाम अनुसार गाउँपालिका प्रमुखमा नेकपा माओवादीको रिमालबावु श्रेष्ठ र उपप्रमुखमा नेकपा एमालेको पार्वती थापा निर्वाचित हुनुभएको हो । शैलुङ गाउँपालिकामा गठबन्धन र नेकपा एमालेको विचमा निर्वाचन भएको थियो । शैलुङ गाउँपालिकामा गाउँपालिका प्रमुख पदको लागि माओवादीका रिमालबाबु् श्रेष्ठ र एमालेका धनबहादुर तामाङको विचमा कडा प्रतिस्पधा भएको थियो । गाउँपालिका प्रमुखमा निर्वाचित रिमालबाबु श्रेष्ठले ४ हजार ९ सय १८ मत प्राप्त गर्नु भएको छ भने एमालेका धनबहादुर तामाङले ४ हजार ८ सय ६० मत प्राप्त गर्नु भएको छ । गाउँपालिका प्रमुखमा श्रेष्ठ र तामाङको विचमा ५८ मतान्तर रहेको छ ।

गाउँपालिका उपप्रमुखमा भने गठबन्धनको तर्फबाट उम्मेदवर वन्नुभएका दावा लामालाई पराजीत गर्दै एमालेका पार्वती थापा निर्वाचित हुनुभएको छ । उपप्रमुखमा थापाले ५ हजार १ सय ३५ मत प्राप्त गर्नु भएको छ भने काङग्रेसका दावा लामाले ४ हजार ७ सय ४१ मत प्राप्त गर्नु भएको छ । गाउँपालिका प्रमुखमा राप्रपाले १३७ मत प्राप्त गरेको छ भने उपप्रमुखमा ११७ मत प्राप्त गरेको छ । शैलुङ गाउँपालिकाको सवै वडाहरुको मत गणना सकिएको छ ।