दर्पण संवाददाता
चरिकोट, असोज १६
दोलखाको शैलुङ गाउपालिका प्रमुखको फेसबुक आइडी ह्याक गरेर विभिन्न ब्याक्तीलाई गलत म्यासेज गरि रहेको पाइएको छ ।
पालिका प्रमुख भरत दुलाललको फेसबुक आइडी ह्याक गरेर फेसबुकमा रहेका विभिन्न साथी हरुलाइ रकम माग गरि रहेको र विभिन्न ब्यतिलाइ गलत म्यासेज गरि रहेको पाइएको छ । फेसबुक ह्राक गरेर अति समस्या परेको भन्दै विभिन्न ब्यतीक बैक खातामा पैसा हालिदिन म्यासेज गरि रहेको पाइएको छ । म्यासेजकै आधारमा विभिन्न ब्यती हरुले रकम समेत जम्मा गरि दिएको पाइएको छ । गाउपालिका प्रमुखकै फेसबुक एकाउन्टबाट रकमको अभाब भएको र साथिको खाता नम्बरमा सहयोग गर्न आग्रह गरे पछि आफुले ८ हजार ५ सय रकम मोबाइल बैकिङ मार्फत जम्मा गरि दिएको चरिकोटका ब्यबसायी रेहान स्टोरका प्रोपाइटर राजु केसि ले बताउनु भयो । चरिकोटका होटल ब्यबसायी डृम्स क्याफेका प्रोपाइटर भरत श्रेष्ठ लाई रकम पठाउन आग्रह गरेको र साथीको मोबाइल बैकिङ मार्फत रकम खातामा हालिदेको उहाले बताउनु भयो । तेसै गरि अन्य बिभिन्न ब्याक्ती लाई समेत तेस्तै म्यासेज गरि रहेको पाइएको छ ।
आफ्नो फेसबुक एकाउन्ट ह्याक भएको र गलत म्यासेज को पछि नलाग्न गाउँपालिका प्रमुख भरत दुलालले बताउनु भयो । आफुले त्यो एकाउन्ट न चलाएको र एकाउन्ट ह्याक भएको हुदा तेस्तो म्यासेजको पछि लागेर कहि कतै पैसा जम्मा न गर्न पालिका प्रमुख दुलालले बताउनु भयो । आफ्नो एकाउन्ट ह्याक भएको र कानुनी प्रक्रियामा जानी उहाले बताउनु भयो ।
