दर्पन संबाददाता
असार १५, काटाकुटी
दोलखाको शैलुङ गाउँपालिकामा संचालन भइ रहेका बिकासका विभिन्न योजनाको बारेमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पान्डेको नेतृत्वमा आज अनुगमन गरेको छ ।
जिल्ला समन्वय समिती दोलखाका प्रमुख पान्डेको नेतृत्वमा गएको सञ्चारकर्मी सहितको टोलिले आज गाउपालिकाको विभिन्न योजनाको अनुगमन गरेको हो । शैलुङ गाउँपालिकामा केन्द्रीय सरकार, प्रदेश सरकार र गाउपालिकाको लगानिमा निर्माण भइ रहेको योजनाको बारेमा अनुगमन गरेको छ । गाउपालिका भित्रका गाउपालिका देखि वडाहरुमा जोडिएको सडक, गाउँपालिकाको भवन, शैलुङ रंगशाला लगाएको क्षेत्रमा बिकास निर्माणका बारेमा अनुगमन गरेको छ ।
केन्द्रिय सरकार , प्रदेश सरकार र गाउँपालिका आफ्नै लगानिमा हुन लागेका योजनामा सहि तरिकाले रकमको सदुपयोग होस र कामको प्रभावकारिता होस भन्ने उदेश्यले आफुहरुले शैलुङ गाउँपालिकाको बिकास निर्माणको बारेमा अनुगमन गरेको प्रमुख डबल पान्डेले बताउनु भयो। अनुगमनका क्रममा गाउँपालिकाका विभिन्न वडाहरु जोड्ने फराकिली ग्रामीण सडकहरु धमाधम स्तोरउन्न्तीको काम भइ रहेको र शैलुङ रंगशालाको समेत निर्माण भइ रहेको पाइएको बताउनु भयो । गाउँपालिका प्रमुख भरत दुलालले आफूहरुको गाउपालिकाको भौगोलिक अबस्था अनुसार प्रमुख प्राथमिकता सड्क नै भएकोले तेस क्षेत्रमा विशेष प्राथमिकता दिएको बताउनु भयो। शैलुङ गाउपालिका भित्र केन्द्र, प्रदेश बाट परेका योजना र गाउपालिकाको योजनाहरु सबै सम्पन्न भइ सकेको र केही योजनाको भुक्तानीको काम हुन बाकी रहेकाले सो काम समेत भइ रहेको बताउनु भयो।