शेयर हाल्नको लागि समाजसेवी दिपक खड्काद्धारा खोपाचागु बासीलाई ३६ लाख ४५ हजार सहयोग

दर्पण संवाददाता
खोपाचागु, १० भाद्र २०७५, दोलखाको विगु गाँउपालिका वडा न ८ मा जन्मिएर हाल अष्टेलिया बस्दै आउनु भएका समाज सेवी दिपक खड्काले खोपाचागु वासीका लागि ३६ लाख ४५ हजार रकम सहयोग गरेका छन् ।

खड्काले विगु गाँउपालिका वडा न ८ खोपाचागुको ७२९ घर परिवारलाई नगद ५ हजारका दरले रकम बितरण गरेका हुन् । माथिल्लोे तामाकोशी जलबिद्युत आयोनाले स्थानीयको लागि जारी गरेको १० प्रतिशत श्येर हाल्नको लागि सो रकम सहयोग गरेका हुन् । वडाको सुचिमा रहेको भुकम्प पिडितको कार्डको आधारमा प्रत्येक घर ध्ुरीलाई ५ हजारको दरले रकम सहयोग गरेका छन् ।

माथिल्लो तामाकोशीले जारी गरेको श्येर हाल्नको लागि सहयोग होस र कोहि नछुटोस भन्ने उदेश्यले रकम सहयोग गरेको बताएका छन् । आफुले पनि दुखले पैसा कमाएको स्मरण गर्नु हुँदै सो ५ हजार अन्य क्षेत्रमा खर्च नगर्नको लागि समेत आग्रह गर्नु भयो । आयोजनाको श्येरले राम्रो आन्दानी दिने आफुले सुनेको र त्यही क्षेत्रमा लगानी लगानी गर्नको लागि अनुरोध समेत गर्नुभयो । बाल्यकालमा आफुलाई अध्ययन गराउनको लागि बुवाआमाले अरुको घरबाट लिएको आर्थिक सहयोगको स्मरणमा गहभरी आँसु पादै खड्काले अहिलेको सम्पती शिक्षा भएको हुँदा बालबालिकालाई अध्यन गराउनको लागि आग्रह समेत गर्नु भयो । आफु जन्मेको भूमिमा अहिले आएर सानै भएपनी सहयोग गर्नु पाएकोमा आफु अत्यन्त खुशी रहेको खड्काले बताउनु भयो । रकम हस्ताणतरण गर्नको लागि खड्का केही दिन अघिमात्र अस्टेलिया बाट नेपाल आएका थिए । भूकम्प गएको वेलामा समेत राहत स्वरुप प्रति घर ३ हजारका दरले सहयोग वितरण गर्नु भएको थियो ।

हस्ताणतरण कार्यक्रममा प्रदेश सभाका माननिय सांसद पशुपती चौलागाईले दिपक खड्काले आफु हुर्केको ठाँउमा आएर श्येर भर्न समस्या परेको र आर्थिक सहयताको अपेक्षामा रहेका परिवारलाई प्रति घर परिवार ५ हजारका दरले गरेको सहयोग उदाहरणीय कार्य भएको बताउनु भयो । उहाँले सो रकम तामाकोशी श्येरमा लगनी गर्न र ५ बर्ष पछि सो रकमले स्थानियलाई ठुलो सहयोग पुग्ने पनी बताउनु भयो ।

दिपक खड्काले खोपाचागू वासीको लागि गरेको सहयोगले विपन्न परिवारको लागि ठ्लो राहत पुग्ने दोलखाली युवा नेता प्रदेश सभाका माननिय सांसद विशाल खड्काले बताउनु भयो । अब देश संघिय संरचनामा गई सकेको र देश विकास गर्ने जिम्मा सवै नेपालिको काँधमा आएको पनि उहाँले बताउनु भयो । देशमा अब कोहि राजा नभएको र स्थायिन तहमानै सवै अधिकार भएको हुँदा स्थानिय तहहरुमा औधोगिक कलकारखाना संचालन गर्नको लागि दिपक खड्का जस्तै विदेशमा बस्ने नेपालीहरुको ठुलो सहयोग हुने बताउनु भयो ।

सभालाई सम्वोधन गर्नुहुदै अस्टेलियाको लागि नेपाली राजदुत लक्की शेर्पाले आफु खड्काले जन्म स्थलमा गरेको महान कार्यको सांछी बस्न पाँउदा अत्यन्त खुशी लागेको बताउनु भयो । नेपाली काङग्रेश दोलखाका सभापती रुद्र बहादुर खड्काले रकम प्राप्त भए पछि स्थानियको मनमा खुशी छाएको र प्रशंसनिय कार्य भएको भन्दै धन्यवाद ब्यत गर्नु भएको थियो ।

सहयोग गर्नका लागि प्रदेश सभा सांसद पशुपती चौलागाई , विशाल खड्का अस्टेलियाको लागि नेपाली राजदुत लक्की शेर्पा आफन्त लगाएको साथमा खड्का हेलिकप्टर मार्फत शनिबार दिउँसो खोपचागु पुगेका थिए । कार्यक्रममा प्रदेश शभाका संसद द्धोय पशुपती चौलागाई विशाल खड्का नेपालि काङगे्रश दोलखाका सभापती रुद्र बहादुर खड्का गाँउपालिका प्रमुख यूधिष्टीर खड्का लगाएतले संबोधन गर्नु भएको थियो ।

दिपक खड्काको पुरानो घर