
मुख्य आदिवासी जनजाती तमाङ र मगर समुदायको प्रथा जनित अभ्यास र संस्कार संस्कृती प्रति गलत ढंगले व्याख्या गरेको भन्दै शितल भनिने अधिवक्ता भगवती पाण्डेलाई कारवाहीको माग गर्दै नेपाल तामाङ घेदुङ र मगर संघ दोलखाले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानकर्षण गराएको छ ।
पाण्डेले श्रावण ७ गते प्राईम टेलिभिजनद्वारा प्रशारित चिया गफ कार्यक्रममा तामाङ संस्कार संस्कृतीको वारेमा विवादस्पद अभिव्यक्ती दिनुभएसंगै विवादमा आएका थिए । विशेष गरी तामाङ समुदायलाई लक्षित गरी कपोकल्पित भ्रमाक र तथ्यहिन अभिव्यक्ति आत्म सम्मान र प्रतिष्ठामा गम्भिर चोट पुर्याईएको भन्दै तामाङ सम्वद विभिन्न संघ संस्थाहरुले पाण्डेलाई माफि माग्न भन्दै विरोघ गर्दै आएको गियो ।
गत श्रावण १७ गते जिल्ला प्रहरी परिसर टेकुमा नेपाल तमाङ घेदुङ र नेपाल मगर संघले धर्ना दिएको थियो । उक्त एक घण्टे धर्ना कार्यक्रमलाई शान्ति पूर्ण ढंगले सम्पन्न गर्ने क्रममा प्रहरीले अनावाश्यक वल प्रयोग गरी चार दर्जन भन्दा वढी पक्राउ गर्नुका साथै लाठी चार्ज, रड समेत प्रयोग गरेको भन्दै संघहरुले आज देश भरी प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएको हो ।

साथै संघहरुले निजलाई अभिव्यक्ति सच्याउन पटक पटक आग्रह गर्दा समेत अटेर गरेपछी गत श्रावण ९ गते कार्वाहीको माग गर्दै टेकुमा उजुरी दर्ता भए पनि लामो समय विती सक्दा समेत निजलाई पक्राउ नगरेपछी वाध्य भई आन्दोलन गर्नु परेको तामाङ घेदुङ दोलखाका अध्यक्ष नविन कुमार लामाले बताउनु भयो । नेपाल तमाङ घेदुङ र नेपाल मगर संघले विवादस्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानुन वमोजिम हदै सम्मको सजाय, शान्तिपूर्ण आन्दोलनमा प्रहरीद्वारा हस्तक्षप गरी घाईते बनाईएकोमा घाइतेहको उपचार संगै क्षतिपुर्ति र शान्तिपूर्ण धर्ना कार्यक्रममा वल प्रयोग गर्ने सुरक्षाकर्मी लाई कारवाहिको माग गरेको छ ।

