
जिरी ः दोलखाको जिरी नगरपालिका वडा नम्वर ६ जिरीमा रहेको जिरी माध्यमिक विद्यालय पुन निर्माणको लागि आज शिलान्यास भएको छ ।
चिन सरकारले निर्माण गर्न लागेको जिरी माध्यमिक विद्यालयको आज एक समारोहका विच नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधी मन्त्री असोक कुमार राई र चाइनाको इकोनोमिक काउन्सिकलर च्ये ह्युले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो । २०७२ सालको भुकम्पले भत्किएको भवन चिन सरकारले पुन निर्माणको जिम्मा लिएको थियो । लामो समय पछि पुन निर्माण सुरु भएको जिरी माध्यमिक विद्यालयको भवन शिलान्यास गनुहुँदै मन्त्री राईले गुनस्तरीय भवन निर्माण हुनेमा कुनै संका नभएको र शैक्षिक क्षत्रको गुणस्तर समेत वृद्धि गर्न लाग्नुपर्ने बताउनुभयो । भवन शिलान्यासको लागि हेलिकप्टर मार्फत जिरी पुग्नुभएका मन्त्री राइले जिरी अत्यन्त सुन्दर रहेको र लामो समय पछि नै भए पनि भवन विद्यालय पुन निर्माणको काम सुरु भएकोमा खुुसी व्यक्त गर्नुृहुँदै चिन सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
भुकम्पले पुर्ण रुपमा क्षति भएको विद्यालय भनव चिन सरकारले निर्माण गर्ने सम्झौता भए पछि हाल सम्म पुन निर्माणको काम हुन सकेको थिएन । विद्यालय पुन निर्माणको लागि आज शिलान्यस भए संगै चाइना एड नेपाल जिरी सेकेन्डरी स्कुल प्रोजेक्ट मार्फत विद्यालयको भवन निर्माणको काम सुरु भएको हो । चाइनिज कम्पनीले नै निर्माणको जिम्मा लिएको विद्यालय २८ महिना भित्र पुन निर्माण सम्पन्न गरी हस्ताणरण गर्ने तयारी रहेको छ ।

विद्यालयको पुन निर्माण अन्र्तगत करिव ८ सय विद्यार्थीहरुका लागि आवश्यक पर्ने कक्षाकोठा तथा पुस्तकालय, प्रयोगशाला, कम्पुटर प्रयोगशाला, खेलमैदान, चमेना गृह सहितको भवन निर्माण गरिने छ । भूकम्पले क्षति गरे पछि विद्यालयको भौतिक संरचाना निर्माण हुन नसक्दा अस्थाई सिकाई केन्द्रमा कक्षा संचालन हुँदै आएको भएता पनि पुन निर्माणको काम सुरु भएको खुसी व्यक्त गर्नुहुँदै निर्माण कार्यको लागि सवैले सहयोग गर्नका लागि विद्यालयका अध्यक्ष केशव कुमार कार्कीले आग्रह गर्नुभयो । भवन शिलान्यस कार्यक्रममा दोलखाका संघिय सांसद गंगा कार्की, पुर्व मन्त्री पार्वत गुरुङ, आन्नद पोखरेल, देवि खड्का, प्रदेश सांसद भरत केशी, उर्मिला सुनुवार, नगरप्रमुख तथा पालिका प्रमुख, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।

