शिक्षकहरु दोस्रो चरणको आन्दोलनमा, हातमा कालो पट्टि बाँधेर पढाउदै

दर्पण संवाददाता
चरिकोट, ३ भदौ, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा दोलखाका शिक्षकहरू आफ्ना जायज मागहरू पूरा गराउन आजबाट दोस्रो चरणको आन्दोलनमा उत्रेका छन्

दोलखा जिल्लामा कार्यरत शिक्षक, ९ स्थानीय तहका सबै विद्यालयका प्रधानध्यापक, नेपाल शिक्षक महासंघ ९ वटै स्थानीय तहका पदाधिकारी, भातृ संस्थाका पदाधिकारी र महासंघका पदाधिकारीहरुलाइ केन्द्रद्वारा तय गरिएका दोस्रो चरणको विरोध कार्यक्रमहरु आ आफ्नो क्षेत्रमा भव्य र प्रभावकारी रूपमा सम्पन्न गर्न आग्रह गरेको थियो ।

त्यसै अनुरुप जिल्ला तथा केन्द्रका मागहरुमा शिक्षक सेवा आयोगलाई संबैधानिक आयोगको रुपमा गठन गर्नुपर्ने, पुर्व प्राथमिक तहमा कार्यरत शिक्षकहरुको दरबन्दी सिजर्ना गरी सेवा शर्त सुविधाको सुनिश्चतता गर्नुपर्ने, कम्तीमा एक दशक एउटै तहमा र श्रेणीमा कार्यरत शिक्षकहरुको पदोन्नती तथा शिक्षकहरुको तहगत बढुवाको प्रबन्ध मिलाउनु पर्ने लगाएतका माग राख्दै आज बाट आन्दोलन सुरु गरेका हुन ।

पेशागत आन्दोलनको पहिलो दिन आज जिल्लाको ९ वटै स्थानीय तहमा रहेका सबै विद्यालयमा कार्यरक्त शिक्षकहरुले प्रध्यानाध्यापकको नेतृत्वमा बायाँ हातमा कालो पट्टी बाधेर पठनपाठन गराएका छन् । पेशागत आन्दोलन अन्र्तगत कालो पट्टी बाधेर पठन पाठन ७ गते सम्म निरन्तर हुने छ ।

यस्तै भदौै १५ गते जिल्लाका सबै विद्यालय बन्द गरेर सम्पूर्ण शिक्षक सदरमुकाम चरिकोटमा उपस्थित हुने र लालटिन र सिठी जुलुससहित ए–वान पार्टी प्यालेसमा आमसभा गरी दोस्रो चरणको कार्यक्रम समापन गर्ने नेपाल शिक्षक महाँसघ दोलखाका अध्यक्ष पदम जिरेलले बताएका छन् ।