वोलेरो दुर्घटनामा नेकपा एमाले दोलखाद्धारा शोक वक्तव्य जारी, घाइतेको स्वास्थ्य लाभको कामना

चरिकोट
दोलखाको विगु गाउँपालिका वडा नम्वर ४ मा गय राति भएको वोलेरो दुर्घटना प्रति नेकपा एमाले दोलखाले दुख व्यक्त गरेको छ ।

नेकपा एमाले दोलखाका अध्यक्ष इश्वर चन्द्र पोखरेलले चार जनाको ज्यान जाने गरी भएको वोलेरो र्दुघटनामा दुख व्यक्त गर्दै शोक वक्तव्य जारी गर्नु भएको हो । दुर्घटनामा परि घाईते भई विभिन्न अस्पतालमा उपचार भई रहेको घाइतेहरुको स्वास्थ्य लाभको कामना गरिएको छ । दुर्घटनामा परि मृत्यु भएका राधा खड्का, अजिता खत्रि, विनोद केशी र चण्डीका थापा प्रति श्रदाञ्जली व्यक्त गर्दै परिवार जनमा समवेदना व्यक्त गरको छ ।