वैत्येश्वर युवा भेला भव्य रुपमा सम्पन्न; पुष्कर अधिकारीको अध्यक्षतामा २३ सदस्यीय बैतेश्वर युवा संञ्जाल समिती गठन

दर्पण संवाददाता
चरिकोट, २ भाद्र, वैत्येश्वर गाँउपालिकालाई समृद्ध गाँउपालिका बनाउन यूवाहरुको भूमिका महत्वपुर्ण हुने गाँउपालिका उपाध्यक्ष रवि चन्द्र आर्चायले बताएका छन् ।

वैत्येश्वर गाँउपालिकाका युवाहरुलाई स्थानीय तहको नीति तथा कार्यक्रम र योजना संग जोडन बैतेश्वर गाँउपालिका युवाहरुको बृहत भेलालाई सदरमुकाम चरीकोटमा सम्बोधन गदै उपाध्यक्ष आर्चायले स्थानीय तहलाई पारर्दशी हुनलाई युवाहरुको खबदारी, स्थानय तहलाई जवाफदेही बनाउन सकिने धारण राख्नु भएको हो ।

यस्तै भेलालाई सम्बोधन गदै वडा नम्बर ७ का वडा अध्यक्ष रेसमराज रिमालले गाँउपालिकाले अहिले सम्म गाँउपालिकाको हितका लागि नै काम गरीरहेको र गर्ने पनि बताउनु भयो । गाँउपालिकाले गरेका राम्रा मात्रै हैन नराम्रो कामको समेत जनप्रतिनीधीहरुलाइ सल्लाह सुझाब दिन सबैलाई आग्रह गर्नु भयो ।
यस्तै वडा नम्बर ८ का अध्यक्ष रमेश अधिकारीले गाँउपालिकाले सबै क्षेत्रलाई समान्तरण रुपले बजेट विनीयोजन गरेको र आफु पनि युवा जनप्रतिनीधी रहेको भन्दै युवालाई गाँउपालिकाको समृद्धिको लागि युवा सँगै सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयो ।

सामुदायिक प्रसारक संघका कोषाध्यक्ष लक्ष्मण खड्काले गाँउपालिकामा छरिएर रहेका पुजीलाई संकलन गरी उत्पादन मुखी व्यवसायहरु संचालन गर्नु पर्ने बताउनु भयो । अब गाँउपालिकाले कृषि उत्पादनलाई विषेश जोड दिनुपर्ने उहाँको धारण थियो । पछिल्लो समय लोक प्रियता कमाउन स्थानीय तहले विभिन्न खालका कार्यक्रम गरेको भए पनि त्यस्ता कार्यक्रम कार्यक्रमका लागि मात्रै रहेको तर दिगो रुपमा चल्न नस्कने भन्दै लोकप्रियता कमाउन भन्दा पनि स्थानीय नागरिकको चहाना अनुसार विनोयोजीत रकमहरु पनि सहि स्थानीय नागरीकको चाहाना अनुसार काम गर्नु पर्ने धारण राख्नु भयो ।

 

भेलाले २३ सदस्यीय वैत्येश्वर युवा संजाल गठन


भेलाले पुष्कर कुमार अधिकारीको अध्यक्षतामा २३ सदस्यीय बैतेश्वर युवा संञ्जाल समिती पनि गठन गरेको छ ।
समितीको उपाध्यक्षमा बासु घिमिरे, सचिव नितेश कुमार थामी, सहसचिव कुमार श्रेष्ठ, कोषाध्यक्ष रत्ना तमाङ र सदस्यहरुमा दिपेन्द्र अधिकारी, सुमन खतिवडा, सालिग्राम उप्रेती, चुडाराज श्रेष्ठ, मोहन श्रेष्ठ, प्रेम ढुङगेल, भरत श्रेष्ठ, अनमोल बस्नेत, रविन दहाल, विलन बस्नेत, मिन कुमार श्रेष्ठ, मानकाजी तमाङ, विजय कार्की, राजु थामी लगाएत रहनु भएको छ भने सल्लाकार समीतीमा लक्ष्मण खड्का, रामचन्द्र कार्की, प्रभु जिरेल, सुब्बा श्रेष्ठ, धुब्र आर्चाय, दिपक अधिकारी शान्ता बहादुर उपे्रती लगाएत ७ सदस्यीय रहनु भएको छ । यस्तै संरक्षक समितीमा बैतेश्वर गाँउपालिका प्रमुख, उप्रमुख सहित ८ वटै वडाका वडा अध्यक्षहरु गरी १० सदस्यीय संरक्षक समिती गठन गरेको छ ।