दर्पण संवाददाता
मैनापोखरी, २७ मंसिर
दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्वर ३ मिर्गेको वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको छ ।
वडा कार्यालयको पक्कि भवन निर्माण कार्य सम्पन्न भई गाउँपालिका प्रमुख छवि लामाले आज एक कार्यक्रमको विच उद्धघाटन गर्नु भएको हो । उद्धघाटन गर्नुहुँदै प्रमुख लामाले गाउँपालिकाले वडा कार्यालयहरुको भौतिक संरचना निर्माणलाई प्राथमिक्ता दिएको र गाउँपालिकाको पक्कि भवन निर्माण लगाएत सवै वडाहरुमा भवन निर्माणको काम संचालन भई रहेको वताउनु भयो । संघियता कार्यन्वयनमा आए संगै आम नागकिहरुलाई स्थानिय सरकारको प्रत्यक्ष अनुभुती दिलाउने गरी गाउँपालिकाले निर्माण कार्यलाई तिव्रता दिएको र तिन वडा वडाको वडा भवन निर्माण सम्पन्न भई सकेको र अन्य वडाहरुमा धमाधम निर्माण भई रहेको उपाध्यक्ष रविचन्द्र आचार्यले बताउनु भयो । गाउँपालिकाको स्थाई कार्यालय पाँडु डाँडामा समेत भैतिक संरचनाको काम अन्तीम चरणमा पुृगेको र केहि दिनमानै गाउँपालिका समेत आफनै भवनमा सर्ने उहाँले बताउनु भयो ।

भवन निर्माणका लागि गाउँपालिकाले गत वर्ष ८० लाख ८० हजार रकम विनियोजन गरेको थियो । गाउँपालिकाको अनुदान सहयोग तथा स्थानियहरुको जन सहभागितामा करिव ८९ लाख ६२ हजारको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको वडा सचिव अमृत कुमार तामाङले जानकारी दिनुभयो । सुविधा सम्पन्न भवन निर्माण संगै वडाका १२ सय ७६ धर परिवारले प्रत्याक्ष रुपमा सहज तरिकाले सेवा लिन सकिने वडा अध्यक्ष कृष्ण दहालले बताउनु भयो ।
भवन उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष छवि लामा, उपाध्यक्ष रविचन्द्र आचार्य, नेपाली कांग्रेस जिल्ला पार्टी उप(सभापति छविलाल मोक्तान, नेपाली कांग्रेस वैतेश्वर गाउँपालिका पार्टि सभापति राजु उप्रेती, नेपाल कम्युनिस्ट पार्टी वैतेश्वर गाउँपालिका पार्टि सचिव महेश कुमार पाख्रिन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ ।