वैतेश्वर गाउँपालिकाका ३११ जनाले लिए अपाङगता परिचय पत्र

दर्पण संवाददाता
चरिकोट, १६ भाद्र

दोलखाको वैतेश्वर गाउँपालिकाले गाउँपालिका भित्र रहेका ३११ जना अपाङगता भएका व्यक्तिहरुलाई अपाङग परिचय पत्र वितरण गरेको छ ।

गाउँपालिका गाउँपालिकाका सवै वडाहरुमा घुम्ती शिवर संचालन गरी सवै प्रकृतीका अपाङगता भएका व्यक्तिहरुको पहिचान गरी ३ सय ११ जनाई परिचय पत्र वितरण गरेको गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिनु भयो । गाउँपालिका भित्रका सवै वडाहरुबाट क वर्गको ३९ जना, ख वर्गको ८५ जना, ग वर्गको १०६ जना र घ वर्गको ८१ जनालाई परिचय पत्र वितरण गरेको आचार्यले बताउनु भयो । वडामा आयोजना गरेको शिविरमा छुट भएका व्यक्तिहरुका लागि भाद्र १५ गते गाउँपालिकाको अस्थाई कार्यालय मेघेचौरमा शिविर आयोजना गरेको थियो । शिविरबाट क बर्गको ९ जना, ख बर्गको १५ जना, ग बर्गको १६ जना र घ बर्ग को १५ जना गरि कुल ५५ जनाले अपाङगता परिचय पत्र लिएका छन् ।

अपाङगता भएका व्यक्तिहरुलाई कार्ड बनाउनका लागि गाउँपालिका सम्म धाउनका लागि गाह्रो हुने भएका कारण उनिहरुलाई सहज गराउन टोल टोलमानै पुगेर परिचय पत्र कार्ड वितरण गरेको उपाध्यक्ष आचार्यले बताउनु भयो । आम नागरीकहरुको समस्यालाई मध्यनजर गरी सवैलाई सेभ द चिल्डेन पहुँच परियोजनाा संगको सहकार्यमा टोल टोलमा नै वितरण गरिएको परियोजना संयोजक  देवराज खत्रीले बताउनु भयो ।